शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:४९
वासिङटन डिसी 01:04

अद्यावधिक गरिएको : फ्लोरिडाको भत्किएको भवनमा थप ४ जनाको शव फेला

कूल मृतक संख्या ३२ तथा ११३ जना अझै बेपत्ता

इनेप्लिज २०७८ असार २२ गते १७:२६ मा प्रकाशित

फ्लोरिडाको भत्किएको भवनमा थप ४ जनाको शव फेला पारिएको छ । यो संगै कूल मृतकहरुको संख्या ३२ पुगेको छ भने ११३ जना अझै हराई रहेका छन् । फ्लोरिडामा एल्सा समुन्द्री आंधी /हुरी आउने भएकोले उक्त भत्किएको भवनलाई पुरै ध्वस्त पारिएको छ । गत आइतबार राती १०:३० भवनलाई पुरै नष्ट पारिएको थियो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ४ जनाको थप शव फेला पारिएको जानकारी दिइएको हो । मायामी डेड काउन्टीका नगर प्रमुख डानिला लेभिन काभाका अनुसार मृत्यु हुनेहरु मध्ये २६ जनालाई निश्चित पहिचान गरि सकिएको बताइन । हराई रहेका ७० जना भवन भित्र रहेको निश्चित भएको उनले जानकारी दिएको समाचार युपीआइले लेखेको छ ।

उक्त भत्किएको भवनबाट हराई रहेकाहरुको अझ खोज तलास गर्न सरल होस् भन्ने हेतुले फ्लोरिडामा आँधी आउनु अगाडी नै ध्वस्त पारिएको थियो ।

ध्वस्त पारिए पछि खोजी कार्य गर्न सजिलो भएको उद्धार टोलीले बताएका छन् ।

उक्त भवन फ्लोरिडा राज्यको मायामी शहर नजिक सर्फसाइड नामक शहरमा रहेको १२ तले भवन आंशिक रुपमा भत्किएको थियो । गत जुन २४ का दिन बिहान बिहीवार उक्त भवन आंशिक रुपमा भत्केको थियो । उक्त समयमा अधिकांश मानिसहरु मस्त सुतिरहेका थिए ।

उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामी समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ । करिव ५५ वटा कन्ड़ोनियम(एक परिवार लागि पुग्ने फ्लाट अर्थात् एक तला -इकाई ) भवन खसेको थियो ।

उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको छ ।

प्रतिक्रिया