सोमबार, साउन ३० २०७९
काठमाडौं १५:१०
वासिङटन डिसी 05:25

टेक्ससमा संचारकर्मीले अन्तर्वार्ता लिदै गर्दा गोली हान्ने व्यक्तिलाई प्रहरीले गोली चलाउदा मृत्यु

इनेप्लिज २०७८ असार २२ गते १२:०३ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको सुन्दर शहर सान एण्टोनियोमा संचारकर्मीहरु तथा परिवारको सदस्यहरुलाई गोली हान्नेलाई एक संदिग्ध व्यक्तिलाई प्रहरीले गोली चलाउदा मृत्यु भएको छ ।

कानून प्रवर्तन अधिकारीहरूले गत सोमबार जुलाई ५ का दिन एक जलेको घरको दृश्यमा उनको परिवारका सदस्यहरू र समाचारका लागि आएका संचार माध्यमका संचारकर्मीहरुलाई गोली प्रहार गरेपछि प्रहरीले उक्त बन्दुकधारीलाई गोली चलाएका थिए भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

मारिएका उक्त व्यक्तिको नाम प्रहरी अधिकारीहरुले सार्वजनिक गरेका छैन । सान एन्टोनियोमा रहेको उक्त घरको आगलागीबाट भग्नावशेष खनेका थिए जब सीएनएन सम्बद्ध केएसएटि टेलीभिजन (दूरदर्शन)का एक समाचार टोली उक्त आगलागी बारेमा समाचारको त्यहाँ आएका थिए।

केएसएटि दूरदर्शनका अनुसार घर आगलागी भएका घरधनीले उनका करिव २० वर्षका संदिग्ध भतिजाले आगो लगाएको बताएका थिए । सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानसका अनुसार समाचार टोलीले परिवारका सदस्यहरूलाई प्रत्यक्ष रुपमा अन्तर्वार्ता गरि रहेको समयमा उक्त व्यक्ति दुईवटा बन्दुकसहित त्यहाँ आएर उनीहरूमाथी धेरै चोटि गोली हानेका थिए ।

केएसएटि दूरदर्शनका टोली घटनास्थलबाट भागे र परिवारका सदस्यहरू पनि एक सवारी साधनमा भाग्ने कोशिश गरे । तर उक्त संदिग्ध अर्को घरमा गए ,जहाँ उनलाई चिन्थे ।

प्रहरी अधिकारीहरूले उक्त घरका मानिसहरूलाई घरबाट बाहिर निकाल्न सफल भएका थिए । तर बन्दुकधारी ती मानिस निवासको पछाडि गए र दुई टहरा/छाप्रोको बीचमा लुकेको प्रहरी प्रमुखले बताए ।

प्रहरीले त्यस मानिसलाई घरबाट बाहिरै बन्द गरे, र उनले पर्दाबाट ढोकामा रहेका प्रहरी अधिकारीहरू देखे पछि उनले गोली हान्न थालेका थिए ।

“हामी उक्त व्यक्तिलाई दोहोरो गोली चलाउन चाहेका थिएनौं, उनलाई पक्राउ गर्न सजिलो होस् भन्ने हेतुको लागि उनलाई घरबाट बाहिर राख्ने योजना थियो, तर उनले ढोकामा रहेका अधिकारीहरू देखे र ढोकाबाट गोली हान्न थाले।” प्रमुखले पत्रकारहरुलाई भने।

“पाँच जना अधिकारीले प्रतिरक्षाको लागि गोली हान्नु परेको र गोली लागे पछि उनको मृत्यु भएको ” उनले भने।

सोमबारको घातक गोलीबारीमा संलग्न अधिकारीहरू विभागमा ५ देखि १८ बर्ष सम्म काम गरेका अनुभवी प्रहरी अधिकारीहरु रहेका थिए ।

जिल्ला वकिलको कार्यलयले यो मामलाको समीक्षा नगरेसम्म तिनीहरू सबै प्रशासनिक कर्तव्यमा राखिने छन्, म्याकमानसले पत्रकारलाई भने।

प्रतिक्रिया