शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:०१
वासिङटन डिसी 01:16

अमेरिकामा ३३ करोड ६ लाखले लगाए कम्तीमा एक खुराक कोरोना बिरुद्ध खोप, २ करोड ९१ लाख ११ हजार कोरोना मुक्त

इनेप्लिज २०७८ असार २२ गते १०:५९ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ११ हजार ७ सय ९७ जना संक्रमित भएका छन् । त्यस्तै गरि कोरोना भाइरसबाट १ सय ९४ जनाको मृत्यु भएको छ । गत सोमबार जुलाई ५ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा ५ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ४ हजार ७ सय ९३ जनाको निधन भएको छ भने दुई हप्तामा ३८ प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा १६ हजार ९ सय ८१ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या ३ प्रतिशतले घटेको छ । अहिले मंगलबार बिहान सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३६ लाख ९० हजार ४ सय ४६ रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४७.४ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५५ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६७.१ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५८.२ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा हाल सम्म २ करोड ९१ लाख ११ हजार ५ सय ८० जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८८.४ प्रतिशत र पूर्ण खोप ७८.७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३८ करोड ३० लाख ६८ हजार ७ सय ४० खोप आपूर्ति गरि सकिएको छ भने कम्तीमा एक खुराक खोप लगाउनेको संख्या ३३ करोड ६ लाख ४ हजार २ सय ५३ पुगेको छ ।

प्रतिक्रिया