सगरमाथा साहित्य प्रतिष्ठानले पायो पूर्णता प्रथम उपाध्यक्षमा अजित क्षेत्री,सहकोषाध्यक्षमा अमृता बान्तवा !

इनेप्लिज २०७८ असार २२ गते १०:१६ मा प्रकाशित


अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाईरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठानले पुर्णता पाएको छ।संस्थाको हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष जिबित खड्का मगरले प्रस्ताब गरेका नामहरुलाई सर्बसम्मतिले चयन गरेसंगै संस्थाको केन्द्रीय कार्यसमितिले पुर्णता पाएको हो।

संस्थाको बैठकले केन्द्रीय कार्यसमितिको प्रथम उपाध्यक्षमा स्याङ्जा घर भै हाल युएई रहँदै आउनु भएका कवि अजित क्षेत्रीलाई चयन गरेको हो।कार्यसमितिको दोश्रो उपाध्यक्षमा यस अघि नै अधिबेशनले सरु शीतल राईलाई चयन गरिसकेको छ।संस्थाको केन्द्रीय महाधिबेशन ६ महिना अघि सम्पन्न भएको थियो। महाधिबेशनमा रिक्त रहेका केही पदहरुमा हालै बसेको बैठकले पदस्थापन गरेको हो।

बैठकले संस्थाको सह कोषाध्यक्षमा युएईमै रहेर कलम चलाईरहनु भएकी अमृता बान्तवा राईलाई चयन गरेको छ।यस्तै संस्थाको अनुशासन समितिको संयोजकमा कवि/गजलकार शाश्वत गोबिन्द ढुंगाना र नेपालको प्रदेश नंबर दुईको इन्चार्जका रुपमा गजलकार कृष्ण घिमिरेलाई चयन गरिएको संस्थाका महासचिब डिजि शर्माले जानकारी दिनु भयो।बैठकले युएईमै रहेका सिन्धुलिका धनक बहादुरलाई संस्थाको केन्द्रीय सदस्य बनाएको छ।

संस्थाले आवस्यकता अनुसार संस्थामा केन्द्रीय पदाधिकारी थप्दै जाने र विभिन्न देशमा यसका शाखा बिस्तार गर्ने काम तिब्र पारेको संस्थाका केन्द्रीय अध्यक्ष जीबित खड्का मगर बताउनु हुन्छ।

युएईमा केन्द्रीय कार्यालय रहेको यस साहित्यिक संस्थाले बर्सेनि अन्तर्राष्ट्रिय स्तरको साहित्यिक प्रतियोगिता र पुस्तक प्रकाशन गर्दै आईरहेको छ।संस्थाको लोकप्रियतासंगै हाल संसारभर यसका आजिवन सदस्य बन्ने क्रम बढ्दो छ।

(तस्बिरमा: प्रथम उपाध्यक्ष अजित क्षेत्री र सह कोषाध्यक्ष अमृता बान्तवा)

प्रतिक्रिया