सोमबार, साउन ३० २०७९
काठमाडौं १५:१४
वासिङटन डिसी 05:29

गोवा ढोक्प्याको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन

इनेप्लिज २०७८ असार २१ गते २१:५७ मा प्रकाशित

 

नेपाल सरकारद्वारा सुचिकृत ५९ आदिवासी जनजाति समुदाय अन्तर्गत तोक्पेगोला (ढोक्प्या) समुदायको मातृसस्था तोक्पेगोला समाज सेवा समितीको अमेरिका स्थित प्रवास संगठन ढोक्प्या किदुक अमेरिका शाखाको तेश्रो महाधिवेसन हिजो ३ जुलाई २०२१ मा अमेरिकाको क्विन्समा सम्पन्न भएको छ ।

अधिवेसन उदघाटन र वन्द सत्र गरी दुई चरणमा सम्पन्न गरेको छ ।

वन्द सत्रमा प्रस्तुत सचिवको कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन सहित भावी कार्य योजनालाई वन्द सत्रवाट सर्वसम्मत पारित गर्दै नयॅा कार्यसमिती चयन गर्ने प्रक्रियामा प्रवेश गरेको थियो ।

तेश्रो अधिवेसनले पुन गोवा ढोक्प्याको नेतृत्वमा आगामी २ वर्षको लागी ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जस अनुसार अध्यक्षमा गोवा ढोक्प्या,उपाध्यक्षमा निमा डोमा ढोक्प्या, सचिवमा ज्ञ्याल्जेन ढोक्प्या,सहसचिवमा दावा फुटिक ढोक्प्या,कोषाध्यक्षमा :लाक्पा ढोक्प्या, सहकोषाध्यक्षमा कासगंला ढोक्प्या रहेका छन् ।

यसै गरि सदस्यहरुमा पासागं वागंदी ढोक्प्या, छेवागं ढोक्प्या, फुपु नानी ढोक्प्या, दावा छिरीगं ढोक्प्या र छोकी ढोक्प्या रहेका छन ।

प्रतिक्रिया