२०८औ भानु जयन्ती तथा अन्तर्राष्ट्रय नेपाली भाषा साहित्य दिवस सम्पन्न!

इनेप्लिज २०७८ असार २१ गते २२:०६ मा प्रकाशित


असार २०गते,२०७८,तदनुसार जुलाई ४,२०२१ आइतवारका दिन साहित्य सागरको आयोजनामा भानुजयन्ती एवम् अन्तरार्ष्ट्रिय नेपाली भाषा साहित्य दिवस सम्पन्न भयो।नेपाल प्रज्ञाप्रतिष्ठाका पूर्व उपकुलपति वरिष्ट कवि एवम् समालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा अमेरिकाका क्यालिफोर्निया,न्यूयोर्क,वासिङ्टन,अस्टिन,त्यस्तै गरी क्यानडाका टोरण्टोअटवा,भारतका असम,कलकत्ता,ग्यानटोक,नेपालकासिन्धुली,जनकपुर,बिराटनगर,इलाम,तनुहुँ,काठमाण्डौ,झापा,खोटाङ,तेह्रथुम,धनकुटा,धरान आदि ,त्यस्तै गरी मान्मार,ताइवान,रूस ,वेलायत,अष्ट्रेलिया,कुवेत आदिठाउँका प्रतिनिधि कविहरूको उपस्थित रहेको थियो।

साहित्य सागरका प्रधान सम्पादक मणि नेपाली पनेरूको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य सागरका कार्यकारी सम्पादक एवम् साहित्यकार रमेश शुभेच्छुकले सहभागीहरूलाई स्वागत गर्नु भएको थियो।श्री शुभेच्छुकले भानुजयन्तिको बारेमा चर्चा गर्दै एनआरएनको भाषा साहित्य उपसमितिको आयोजनामा बोष्टन अमेरिकामा भएको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनले २०१८मा नेपाल प्रज्ञाप्रतिष्ठाका कुलपति श्री गंगाप्रसाद उप्रेती तथा काव्यविभाग प्रमुख प्रा डा हेमनाथ पौडेल लगायत सबै महादेशका साहित्यकारहरूको उपस्थितिमा भानुजयन्तिलाई अन्तरार्ष्ट्रिय नेपाली भाषा साहित्य दिवसको रूपमा मनाउने घोषणा भएको चर्चा गर्नु भयो।

घरदेश र प्रदेशका कवि गजलकारहरूको उपस्थित रहेको भानुजयन्ती एवम् अन्तरार्ष्ट्रिय नेपाली भाषा साहित्य दिवसमा नेपाल प्रज्ञाप्रतिष्ठानका प्रतिनिधीको रूपमा सरिक प्राज्ञ सभा सदस्य एवम् काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेलले आदि कवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यमा पुर्याएका योगदानका विविध पक्षका बारेमा चर्चा गर्नु भयो।तात्कालिन विषम परिस्थितिमा भानुभक्तले नेपालीभाषाको उत्थानमा पुर्याएका योगदानले नै आज नेपाली भाषा यो अवस्थामा छ।तर भानुभक्तलाई देवत्वकरण गर्न भएका मिथ्या बढवा प्रति पनि सचेत हुनु पर्ने बताउनु भयो।भानुजयन्तीले नेपाली भाषीहरूलाई जोड्ने र एकै सूत्रमाबद्द गर्नेकाम गरेको छ भन्नु भयो।

कवि एवम् विदुषी गीता साप्कोटाले रामायणका विभिन्न काण्डका श्लोकहरू वाचन गरे पश्चात कविता वाचन शुरू भएको थियो।क्रमशः कवि राजेन्द्र अर्याल, डम्वर पहाडी,महेश प्रसाई,अमर वानिया लोहोरो,डा.घनश्याम परिश्रमी,प्रल्हाद पोख्रेल,नारायण हुमागाई, प्रा.डा.कृष्णप्रसाद दहाल,डा.लेखनाथ काफ्ले,दुर्गा नेपाली,प्रकाशमणि दहाल,डा.गोविन्दसिं रावत,मोहनराज खनाल,कविता राई, डम्वर दाहाल,प्रा. डा. खेमनाथ दाहाल, प्रभा भट्टराई, भुवनहरि सिग्देल ,प्राध्यकपक मोहन सिटौला,नरनाथ लुईटेल,भाष्कर बराल,डाक्टर राजेन्द्र विमल,आदिबाट व्यंग,देशको परिस्थिति प्रति चिन्ता,मानिसको कर्तव्यबोधमा आएको स्खलन प्रतिको चिन्ता,माटो,प्रकृति राष्ट्र र राष्ट्रियता एवम् इतिहाँसका विभेदका बारेमा कविता वाचित भएका थिए।त्यस्तै अन्य समसायिक बिषय समेटिएका वाचित कविताहरूले श्रोताहरूलाई मन्त्रमुग्ध बनाएका थिए।नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा छनोट भएको कविता दुर्गा नेपालीले सुनाउनु भएको थियो भने कविता प्रतियोगितामा प्रथम भएकी कवि कविता राईले आफ्नो कविता वाचन गर्नु भएको थियो।ईलामका कवि डम्वर पहाडीले २०४३ साल देखि शुरू भएको एलाक (एकलाइनको कविता)का बिभिन्न शीर्षकका कविता सुनाउनु भयो।साहित्यकार प्राध्यापक मोहन सिटौलाले नेपाली भाषा र साहित्यको महत्वका बारेमा प्रकाश पार्दै सन्सारभर छरिएर रहेका नेपालीहरूले नेपाली भाषालाई सिक्ने सिकाउने र व्यापक बनाउनमा लाग्नु पर्ने बताउनु भयो।कार्यक्रममा सरिक भएर श्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दिक्षितले श्रष्टा साँझका गतिविधिबारे जानकारी दिँदै यस्तो भव्यकार्यक्रम आयोजना गरेकोमा साहित्यसागरलाई शुभकामना तथा बधाई दिनु भयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठाका पूर्व उपकुलपति वरिष्ट कवि एवम् समालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीले सबै कविहरूका उत्कृष्ट कविताहरू श्रवण गर्न पाएकोमा धन्यवाद दिनु भयो।नेपाली भाषा र साहित्यलाई जीवन्त राख्न र अझ परिस्कृत बनाउँदै लैजान सबैले लाग्नु पर्ने बताउनु भयो।प्रकाशित कृतिहरूलाई अनुवाद गरेर विश्वव्यापिकरण गर्नु पर्ने कुरामा जोड दिनुभयो।साहित्य सागरका प्रबन्ध सम्पादक साहित्यकार सुरेन उप्रेतीले कार्यक्रमलाई सन्चालन गर्नु भएको थियो।श्री उप्रेतीले सबै साहित्यकार र कविहरूलाई साहित्य सागरमा आआफ्ना रचनाहरू पठाउनका लागि अनुरोध गर्नु भयो।कार्यक्रमका अध्यक्ष मणि नेपाली पनेरूले सबै सहभागि विद्वतवर्गमा ह्रृदयको गलैँचा बिच्छाएर धन्यवाद दिनु भयो।प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी प्रति आभार प्रकट गर्नु भयो।सबै सहभागिहरूलाई साहित्यसागरम डटकममा रचनाहरू पठाउन अनुरोध गर्दै सम्पादक द्वय सुरेन उप्रेती र रमेश सुभेच्छुकलाई कार्यक्रमलाई भव्य बनाउनु भएकोमा हार्दिक धन्यबाद दिनुभयो।

प्रतिक्रिया