बेलायतमा रहेका कलाकार विनोद चिपालुको अभिनयमा स्वदेशको झल्को मेटाउने गीत ढिकीको याद आयो सार्वजनिक !

इनेप्लिज २०७८ असार २१ गते १८:४४ मा प्रकाशित

विरानो परदेशवाट स्वदेशको माया र गाउँठाँउका पूराना सांस्कृतिक घरायसी सामग्रीहरु र गाँउले रहनसहनबारे तयार पारिएको उक्त गीत ओएसआर डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिएको हो।

इनास यूकेको प्रस्तुति तथा मोडल विनोद चिपालुकै कन्सेप्टमा निर्मित भिडियो ढिक्की याद आयोमा इनास यूके अध्यक्ष समेत रहेका विनोद चिपालुका साथमा मोडल पवित्रा आचार्यको अभिनय तथा गायक आनन्द कार्कीको गायन र सुरेन्द्र रानाको शव्द रचना रहेको छ।

चर्चित मोडल किशोर चिपालु,सुशान्त चिपालु,पत्रकार संजयभक्त कंडेल,अजय महर्जन, माधवलाल श्रेष्ठ,सनुजा श्रेष्ठ र सेजल गौतमको अभिनय रहेको छ।

नेपाली चलचित्र उद्योगका प्रतिष्ठित निर्देशन देवकुमार श्रेष्ठको निर्देशनमा तयार भिडिओ नेपाल,बेलायत,अष्ट्रेलिया र फ्रान्समा छायाँकन गरिएको थियो।

भिडियोको सम्पादन,कलरिङ तथा इफेक्ट आशिष श्रेष्ठ,छायाँकन गुणदेव घिमिरे र अम्बर चित्रकार, मेकअप पूजा शाहीले गरेको उक्त म्यूजिक भिडियाको निर्माण सविना चिपालुले गरेकी हुन्।गाँउमा कुटानी पिसानी गर्न प्रयोग गरिने ढिकी जाँताको याद आएको,परदेशमा शरीर भएपनि मन भने स्वदेशमा रहेको भाव उक्त गीतमा दर्साइएको छ।

 

प्रतिक्रिया