अद्यावधिक गरिएको : फ्लोरिडाको भत्किएको भवनलाई आँधी आउनु अगाडी नै ध्वस्त पारियो

इनेप्लिज २०७८ असार २१ गते ११:२६ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा भत्किएको भवनबाट हराई रहेकाको अझ खोज तलास गर्न सरल होस् भन्ने हेतुले आँधी आउनु अगाडी नै ध्वस्त पारिएको छ । फ्लोरिडा राज्यको मायामी शहर नजिक सर्फसाइड नामक शहरमा रहेको १२ तले भवन आंशिक रुपमा भत्किए पछि पछिल्लो जानकारी अनुसार अहिले सम्म कूल मृत्युहरुको संख्या २४ पुगेको छ ।

उक्त भवनलाई ध्वस्त पार्ने भए पछि उद्धार टोलीले उद्धार कार्यलाई स्थगित गरेका छन् । उक्त भत्किएको भवनलाई गत आइतबार राती नष्ट गरिएको हो । फ्लोरिडामा एलिजा नामक आंधी आउने भएकोले १०:३० मिनेट अगाडी बाकि रहेका र असर परेका सबैलाई ध्वस्त पारिएको छ भनि युपिआईले समाचारमा उल्लेख गरेको छ ।

जानकारी अनुसार १३ तले भवनलाई जमिनमा झार्न केवल ५ सेकेण्ड समय लागेको थियो । उक्त भवनमा ३ बच्चा सहित २४ जनाको मात्र शव फेला परेको छ भने अझ पनि १२१ जना बेपत्ता नै रहेका छन् ।

गत शनिबार बिहान देखि अझ मृत्यु हुने र शव फेला पर्ने संख्यमा कुनै अध्यावधिक गरिएको छैन । गत जुन २४ का दिन बिहान बिहीवार उक्त भवन आंशिक रुपमा भत्केको थियो । उक्त समयमा अधिकांश मानिसहरु मस्त सुतिरहेका थिए ।

उक्त घटना फ्लोरिडाको मायामी सर्फसाइड भन्ने शहरमा भएको हो । उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामी समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ । करिव ५५ वटा कन्ड़ोनियम(एक परिवार लागि पुग्ने फ्लाट अर्थात् एक तला -इकाई ) भवन खसेको थियो ।

उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको छ ।

प्रतिक्रिया