आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:५७
वासिङटन डिसी 22:12

अमेरिकामा कोरोनाबाट मृत्यु हुने दर २९ प्रतिशत र अस्पताल भर्ना हुने दर ६ प्रतिशतको कमी

इनेप्लिज २०७८ असार २१ गते १०:२९ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १३ हजार २ सय ५४ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट २ सय १४ जनाको मृत्यु भएको छ । गत आइतबार जुलाई ४ अमेरिकी स्वतन्त्रता दिवसका दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १९ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ४ हजार ७ सय ५२ जनाको निधन भएको छ भने दुई हप्तामा २९ प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा १६ हजार ७ सय ७२ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या ६ प्रतिशतले घटेको छ । अहिले सोमबार बिहान सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३६ लाख ८५ हजार ७५ रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४७.४ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५५ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६७.१ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५८.२ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा हाल सम्म २ करोड नब्बे लाख ९६ हजार ८ सय १६ जनाले कोरोना जितेका छन । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८८.४ प्रतिशत र पूर्ण खोप ७८.७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३८ करोड ३० लाख ६८ हजार ७ सय ४० खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया