शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:५७
वासिङटन डिसी 01:12

न्यू योर्कको न्यु रोसेलमा उबर चालकको छातीमा चक्कु आक्रमण गर्ने ४ जनालाई गिरफ्तार

इनेप्लिज २०७८ असार २० गते २०:४७ मा प्रकाशित

न्यू योर्कको न्यु रोसेलमा उबर चालकको छातीमा चक्कु आक्रमण गर्ने ४ जनालाई गिरफ्तार गरिएको छ । उक्त घटना वेस्टचेस्टर काउन्टीमा गत शनिबार भएको हो । गत जुलाई २ का दिन करिव २:२५ मिनेट जाँदा उक्त घटना नर्थ एभेन्यु तथा होग गल्लिमा कसैले प्रहरीलाई घटनाबारेमा जानकारी दिएक थिए ।

प्रहरीका अनुसार उबर चालकले ५ जना यात्रीलाई न्यू रक सिटी इन्टरटेनमेन्ट कम्लेक्स (मनोरंजन भवन)बाट उठाएका थिए । चढ्ने बित्तिकै महिला यात्रीसंग विवाद सुरु भएको थियो ।

उबर चालकले रोकेर बाहिर जान भने पछि झगडा भएको थियो । विवाद हुदै गर्दा अर्की महिलाले चालकको छातीमा छुरा प्रहार गरेकी थिइन् । घाइते भएका चालकलाई ज्याकोबी अस्पताल भर्ना गरिएकको छ भने उनि खतरामुक्त रहेका छन् । प्रहरीका अनुसार ५ जना यात्री भागेका थिए भने प्रहरीले उनीहरुलाई समातेका थिए ।

अनुसन्धान गर्दा दुई जना ब्रन्क्सका व्यक्तिहरुले गैर कानुनी बन्दुक ल्याएका थिए । जस मध्ये एक जना संग बन्दुकको क्रम संख्या नभएको कारण १८ बर्षिय ओमार गेन्स नामक ब्यक्तिलाई आपराधिक तथा हतियार राखेकोमा दोश्रो श्रेणीको अभियोग लगाईएको छ भनि एबिसी७ न्यूयोर्क डटकमको समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया