शनिबार, भदौ ४ २०७९
काठमाडौं ००:०९
वासिङटन डिसी 14:24

उज्ज्वल ठकुरी को सुपुत्रिले लगातार तिन बर्ष अमेरिकी राष्ट्रपतिबाट सम्मान प्राप्त!

इनेप्लिज २०७८ असार २० गते १७:०१ मा प्रकाशित

९ चोटी बिश्व किर्तिमानधारी पिता उज्ज्वल ठकुरी र आमा डाइरेक्टर प्रियंका नेपाल ठकुरीकी सुपुत्री एलिजाबेथ ठकुरी अमेरिकाको भर्जिनिया निवासी हुन्।छोरि एलिजाबेथ ठकुरीले लगातार तेश्रो पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षर सहित प्रदान गरिने “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेकी छिन्।उनले प्रथम पटक कक्षा ६ मा राष्ट्रपति ट्रम्पद्वारा २०१९ “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेको थिइन् भने कक्षा ७ मा फेरी राष्ट्रपति ट्रम्पद्वारा “राष्ट्रपति शिक्षा पुरस्कार” २०२० प्राप्त गरेको थिइन्।यसपाली २०२१ कक्षा ८ मा पनि सो उत्कृष्ट पुरस्कार एलिजाबेथ ठकुरीले राष्ट्रपति जो बाइदेन र फस्ट लेडी जिल दुवैले प्रदान गरेको सम्मानित लिखित पत्र र पुरस्कार प्राप्त गरेकी छिन्।यसले सम्पूर्ण नेपाली समुदाय र नयाँ पिढीलाई प्रत्साहन र उर्जा उत्पादन गरिदिएको पिता उज्ज्वल ठकुरी र आमा प्रियंका नेपाल बताउँछन्।तेस्तै फैरफ्याक्स काउन्टी बाट पनि सम्पूर्ण बर्ष पढाइ मा “A” ल्याएकोमा सम्मानित धन्यबाद चिठी पत्र प्राप्त गरेको छिन।लगतै अमेरिकी शिक्षा सचिवबाट पनि सम्मानित धन्यबाद पत्र प्राप्त गरेकी छिन।यो पुरस्कार १९८३ देखि अमेरिकाले पढाइमा राम्रो गर्ने बिद्यार्थी हरुलाई पुरस्कार दिने गरेको छ।

छोरी एलिजाबेथको बिषयमा पढाई को बिषय प्रस्न गर्दा ; “मैले पुरस्कार सोचेर पढेकी होइन,सिक्षा सब भन्दा ठुलो हतियार हो भनेर पढेकी हु र सधै अध्ययनलाई प्राथमिकता राख्दछु।मेहेनत गरे अमेरिकामा सबै सम्भव छ”।म मेहेनत गरेर भबिस्यमा पनि राम्रो पढ्ने निधो लिएको छु।मेरो बुवाले राखेको विश्व कीर्तिमानले मलाई धेरै हौसला मिलेको छ र म बुवा जस्तै धेरै मेहित गर्न चाहन्छु भन्छिन।हामी जस्तो सानो बाल बालिकाले राम्ररी पढ्नु पर्छ।म सम्पूर्ण बाल बालिकालाइ यसरी नै पढ्न आग्रह गर्दछु भन्छिन।

प्रतिक्रिया