टिका शर्मा ‘कोपिला’ को तीज गीत सार्बजनिक

इनेप्लिज २०७८ असार २० गते १५:५९ मा प्रकाशित


चर्चित गायिका टीका शर्मा ‘कोपिला’ले जापानबाट आफ्नो पहिलो तीज गीत ‘माइति कै हेला ’ सार्वजनिक गरेकी छन्।गीतमा टिका शर्माको स्वर तथा शब्द र लोकप्रिय सर्जक सूर्य खड्काको सङ्गीत र थेगो रहेको छ।छायाँकन, सम्पादन र निर्देशन गोविन्द बिस्टले गर्नु भएको छ।

गीतमा माईतीबाट हेला भएकी चेलीको कथालाई देखाईएको छ।टिका शर्मा ‘कोपिला’ को मुख्य अभिनय रहेको भिडियोमा रुप शर्मा,मुना लम्साल,दर्सना गिरि, प्रतीमा आचार्य,आरती आचार्य र रमा सापकोटाले साथ दिनु भएको छ।

बाग्लुङमा जन्मिएर चितवनलाई उच्च शिक्षा र कर्मथलो बनाएकी उनी हालं रोजगारीका क्रममा योकोहामा जापानमा रहेकी छन्।सानै देखि स्कूल तथा एफ् एम् रेडियोमा गीत गाउने गरेकी उनले स्थानीय तथा रास्ट्रीय प्रतियोगिताहरुमा थुप्रै पुरस्कार तथा अवार्ड पुरस्कार समेत जितेकी छन् ।

परदेशमा रहे पनि आफ्नो देश र सँस्कृतिको मायाले झन् सताउने गरेकाले मौलिक गीत गाउन चाहना बढेको उनले बताइन्।
‘यस गीतले ग्रामिण महिलाको समस्या उजागर गर्नुको अतिरिक्त जनचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा बिस्वस्त छु’ सङ्गीतकार सूर्य खड्काले भने।गीतलाई gms music & films च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया