सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:११
वासिङटन डिसी 18:26

शिकागोमा जुलाई ४ को सप्ताहन्तमा उभिई रहेका ४ जनालाई गोली प्रहार

इनेप्लिज २०७८ असार २० गते १३:५८ मा प्रकाशित

अमेरिकी स्वतन्त्र दिवस जुलाई ४ को सेरोफेरोमा शिकागोमा उभिई रहेका ४ जनालाई गोली प्रहार गरिएको शिकागो प्रहरीले बताएका छन् । सप्ताहन्तमा पनि हिंसात्मक घटनाहरु भै रहेका छन् ।

प्रहरीका अनुसार शिकागोको १००० भवन समूहको ८९ मार्ग पश्चिममा उभिई रहेका ब्यक्तिहरुलाई सवारी साधनमा आएर गोली चलाएका थिए ।

उक्त घटना शनिबार मध्यराति को केही समय अगाडी भएको थियो । घाइते मध्ये ५१ बर्षिय मानिसको अवस्था चिन्ताजनक छ भने उनलाई ३ गोली खुट्टामा हानिएको प्रहरीले जनाएका छन् ।

यसैगरी ४९ बर्षिय र ४० बर्षिय मानिसहरुलाई पनि गोली हानिएको तर उनीहरुको स्वास्थ्य अवस्था ठिक रहेको छ ।

यसै गरि ४० बर्षियलाई पनि पछाडी नितम्बमा गोली हनाकिएको छ भने उक्त पीडितको अवस्था राम्रो रहेको बताईएको छ ।

अहिले बिहान आइतबार अर्थात् अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ सम्म कसैलाई पक्राउ गर्न सकिएको छैन भनि सिएनएनले समाचार लेखेको छ।

गत शुक्रबार देखि अहिले सम्म १६ जनालाई गोली हानिएको शनिबार प्रहरीले बताएका छन् भने ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ४० बर्षिय व्यक्ति आफ्नो छिमेकि संग सङ्गीत बजाई रहेको बेलामा गोली लागेको थियो ।

प्रतिक्रिया