४० वर्षे निजामती सेवा अवधी पूरा गर्दैगर्दा उपसचिव प्रेमप्रसाद सञ्जेलले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश हो यो।५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए।तर सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भए।
राज्य संयन्त्रलाई खुला चुनौती दिएका सञ्जेल सेवा अवधीको उतरार्धमा निकै चर्चामा रहे।श्रम कार्यालय विराटनगरमा हाजिर भएलगतै सरुवा भएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लल्कारेर चुनौती दिए।राजनीतिक पहुँचका आधारमा हाजिर भएको तीन महिनामै सरुवामा परेपछि सर्वाेच्च अदालतबाट मुद्दा जितेर काममा फर्किए।मंगलबार सोही कार्यालयबाट अवकास लिएका छन्।
प्रतिक्रिया