बुधबार, माघ १२ २०७८
काठमाडौं २३:२७
वासिङटन डिसी 12:42

एनआरएनए अमेरिकाको १० औ बार्षिक साधारण सभाको उद्घाटन प्रारम्भ ,सपथ ग्रहण पनि आजै

विजय थापा २०७८ असार १९ गते १६:१२ मा प्रकाशित

न्यू योर्क । गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको १० औ बार्षिक साधारण सभाको उद्घाटन प्रारम्भ भएको छ । सभाको उद्घाटन बोलेर प्रमुख अतिथि राजदुत डा युवराज खतिवडा(बिद्या वारिधि) ले गरेका छन ।

सभामा नेपाली तथा अमेरिकन राष्ट्रिय गानमा महिला अभियानमा लागेकाले महिलाहरुले साथ दिएका थिए । कार्यक्रममा अतिथिहरुलाई स्वागत गीत प्रस्तुति बाट गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता सुनिल साहले गरेका छन् भने कार्यकमको लागि अमेरिका बाहिरका विभिन्न राष्ट्र तथा अमेरिकाका विभिन्न राज्यहरुबाट समिति सदस्य,पदाधिकारी ,नव निर्वाचित पदाधिकारी,अभियानमा लागेका सामाजिक अभियन्ता लगायत विभिन्न सामाजिक संस्थाहरुका प्रतिनिधि लगायतको उपस्थिति रहेको छ र आउने क्रम जारी छ ।

 

कार्यक्रम जुलाई ३ का दिन देखि जुलाई ४ सम्म हुनेछ भने जुलाई ३ का दिन उद्घाटन समारोह,बार्षिक साधारण सभा सत्र ,महा सचिवको प्रतिवेदन ,कोषाध्यक्षको प्रतिवेदन ,बिधान संसोधन तथा सपथ ग्रहण कार्यक्रमहरु रहेको छ ।

उद्घाटन बिहान १० बजे देखि प्रारम्भ हुने छ भने बिधान संसोधन समेत गरि राती ९ बजे सम्म कार्यक्रम रहने छ । समारोहका संयोजन वर्तमान उपाध्यक्ष बिआरलामाले गरेका छन् ।

अमेरिकाको १० औ बार्षिक समारोहको लागि अन्य राष्ट्र र अमेरिकाको विभिन्न राज्यहरु न्यूयोर्क आई पुगेका छन् । १० औ बार्षिक साधारणको लागि राजदुत युवराज खतिवडा( बिद्या वारिधि),अध्यक्ष सुनिल शाह,अन्तरराष्ट्रियका सचिव गौरी जोशी ,उपाध्यक्ष बद्रि केसी (बिद्या वारिधि) उपाध्यक्ष रबिना थापा ,उपाध्यक्ष सोनाम लामा,नव निर्वाचित अध्यक्ष बुद्धि सागर सुबेदी ,पूर्व अध्यक्ष केशव पौडेल(चिकित्सक),अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठी,मेरिल्याण्ड राज्य बिधान सभा सदस्य ह्यारी भण्डारी ,प्रवासी नेपाली एकता समाजका अध्यक्ष प्रभु थापा ,नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य आनन्द बिष्ट तथा बिभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

 

 

 

 

तस्बिर सौजन्य : सतीश चापागाई

प्रतिक्रिया