अयोग्यताप्रतिको अनुराग (लघुकथा)

कोमल अधिकारी,टिकापुर,कैलाली २०७८ असार १९ गते १२:२७ मा प्रकाशित

रूपा। वर्ष:३४।

“जनवादी कार्यक्रममा हिँड्दा हिँड्दै माया बस्यो त्यसपछि जनवादी विवाह।आफू त अयोग्य पनि भईएन।” १-१ वटा छोरा र छोरी भएकी तर लोग्नेले अर्कैलाई लिई मुग्लान पसेपछिको बेदनालाई एकैचोटी पोखे झैँ भान हुन्छ सुन्नेलाई।मान्छे किन अयोग्य लडाकू पनि हुन चाहन्छ? मलाई कता कता फेल भएर पनि डकुमेन्टेसनका लागि परीक्षा दिएको तर पिताजी फेल र आफू केही पनि हुन नसकेको परीक्षार्थी जस्तो र भविष्य केही नभए पनि जस्तोसुकै जागीर खान मनलाग्ने जागीरे जस्तो लाग्यो रूपा।

भविष्यमा के बन्ने ? भनेर योजना बनाउने मान्छे सयकडा कति होलान्? घोत्लिन्छु।पाउँछु १-२%।अरू सबै देखासिकी।पायनियर बन्ने कति होलान् ? पायनियर बन्नेहरू पनि नेपाली माटो अनुरूपका उद्यमी झन् कम।कसले सिकाइदिने रूपालाई पायनियर बन्न। रूपाको मेहनत हेर्दा प्राकृतिक स्रोतबाट मानवीय उपभोगका लागि जस्तोसुकै वस्तु उत्पादन गर्न तयार रहेको झैँ देख्छु तर कसैले न त काम दिन्छन् न त आफूसँग पूँजी।”जसको केही छैन त्यसको लागि हामी” भन्ने नारा ‘नारा’ मात्र जस्तो लाग्छ उनलाई। त्यसमा चिनेको चाहियो,चिनेकाले त नचिने झैँ गर्छन्… खुइय सुस्केरा हाल्छिन्।

रेडियोमा समाजवादको कुरा खुवै सुन्छिन् रे उनी।हिजोका गोप्य प्रशिक्षणमा भएका कुरा बरबराउँदै जान्छिन् … र,अन्तमा मुखबाट फ्याट्ट निकाल्छिन् -यस्तो समाजवाद भन्ने थाहा पाएको भए म त त्यतिखेरै मरिकाटे लाग्ने थिइँन भन्दै कसम खान्छिन्… ‘म त धेरै पढेकी छैन’ भन्दै सोध्छिन् : यहि हो सर समाजवाद भनेको? म निरूत्तर….

(पात्र काल्पनिक)

प्रतिक्रिया