बुधबार, माघ १२ २०७८
काठमाडौं ०४:५१
वासिङटन डिसी 18:06

अमेरिकामा दुई हप्तामा पुन कोरोना सक्रमितको दर १७ प्रतिशत वृद्धि ,मृत्यु दर २४ प्रतिशतको कमी

इनेप्लिज २०७८ असार १९ गते ११:३० मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १३ हजार ५ सय ९६ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट २ सय ३० जनाको मृत्यु भएको छ । गत शुक्रबार जुलाई २ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ४ हजार ६ सय २९ जनाको निधन भएको छ भने दुई हप्तामा२४ प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा १६ हजार ६ सय २९ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या ९ प्रतिशतले घटेको छ ।

अहिले शनिबार बिहान सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३६ लाख ७६ हजार ६ सय ११ रहेको छ ।

अमेरिकामा हाल सम्म ३२ करोड ८८ लाख ९ हजार ४ सय ७० जनाले कम्तिमा एक खुराक खोप लगाएका छन् । अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४७ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५५ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६७ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५८ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८८.२ प्रतिशत र पूर्ण खोप ७८.३ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

प्रतिक्रिया