निर्वाचन समिति गठन

इनेप्लिज २०७८ असार १९ गते १:०२ मा प्रकाशित

सन् २२ मई २०२१ का दिन सम्पन्न भएको ३६औं अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकको निर्णय अनुसार संघका अध्यक्ष कुमार पन्तले यही आउने अक्टोवर महिनामा १०औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने संघको पदाधिकारीहरुको निवार्चन सम्पन्न गर्नको लागि २९ जुन २०२१ का दिन संघको विधानको उपदफा २१.१ मा प्रावधान भए बमोजिम निर्वाचन समिति गठन गर्नु भएको छ।निर्वाचन समिति निम्न अनुसारको रहेको छ।

१. बरिष्ठ अधिवक्ता श्री लिलामणी पौड्याल – प्रमुख निर्वाचन आयुक्त, नेपाल

२. संरक्षक श्री राम प्रताप थापा – सदस्य, जर्मनी

३. डा. गणेश गुरुङ – सदस्य, नेपाल

४. डा. देवकाजी डंगोल – सदस्य, कतार

५. चिरिञ्जवि ढकाल – सदस्य, युके

६. डा. विष्णुमायां परियार – सदस्य, युएसए

७. भूषण घिमिरे – सदस्य सचिव, जापान

 

सचिवालय

गैरआवासीय नेपाली संघ ।

३० जुन २०२१

प्रतिक्रिया