आइतबार, साउन २२ २०७९
काठमाडौं २२:१४
वासिङटन डिसी 12:29

शिकागोमा १ महिनाको बच्चा र ९ बर्षिय बालिकाको टाउकोमा गोली प्रहार

इनेप्लिज २०७८ असार १८ गते २२:३५ मा प्रकाशित

अमेरिकाको इलोनोइस राज्यको शिकागोमा १ महिनाको बच्चा र ९ बर्षिय बालिकाको टाउकोमा गोली प्रहार गरिएको शिकागो प्रहरीले जनाएका छन् । दुवै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएका छन् । र ,उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

प्रहरीका अनुसार गत बिहिबार जुलाई १ का दिन छुट्टै आक्रमणमा दुवैलाई गोली हानिएको हो । गत बिहिबार १ महिनाको बच्चा सहित ७ जनालाई गोली हानिएको थियो ।

शिकागो शहरको दक्षिणमा एक व्यक्ति चेरोकी जीप जातको सवारी साधनबाट ओर्लिएर गोली चलाएका थिए । प्रहरीका अनुसार अन्य ६ जनाको स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् ।}

गोली हाने पछि उक्त संदिग्ध फरार रहेका र अहिले सम्म पक्राउ नगरिएको प्रहरीले जनाएको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया