आइतबार, साउन २२ २०७९
काठमाडौं २१:५५
वासिङटन डिसी 12:10

अद्यावधिक गरिएको : फ्लोरिडाको भत्किएको भवनमा मृत्यु हुनेको कूल संख्या २० पुग्यो

इनेप्लिज २०७८ असार १८ गते २०:१४ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको मायामी शहर नजिक रहेको १२ तले भवन आंशिक रुपमा भत्किए पछि अहिले सम्म कूल मृत्युहरुको संख्या २० पुगेको छ ।

अझ पनि हराई रहेको संख्या १२८ पुगेको रहेको एबिसीन्युजले जनाएको छ । पछिल्लो जानकारी अनुसार गत बिहिबार जुलाई १ राती दुई जनाको शव फेला परेको थियो । जस मध्ये ७ बर्षिय बालिकाको शव भेटिएको छ । उक्त बालिका मायामी अग्नि नियन्त्रणका छोरी भएको पुष्टि भएको छ ।

अझ पनि उद्धार टोली र बिशेष टोलीहरुले हराई रहेका मानिसहरुको खोजी गरि रहेका छन् । उक्त १२ तले भवनमा ५५ वटा इकाई भत्किएको थियो ।

गत जुन २४ का दिन बिहान बिहीवार उक्त भवन आंशिक रुपमा भत्केको थियो । उक्त समयमा अधिकांश मानिसहरु मस्त सुतिरहेका थिए ।

उक्त घटना फ्लोरिडाको मायामी सर्फसाइड भन्ने शहरमा भएको हो । उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामी समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ । करिव ५५ वटा कन्ड़ोनियम(एक परिवार लागि पुग्ने फ्लाट अर्थात् एक तला -इकाई ) भवन खसेको थियो ।

उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको छ ।

प्रतिक्रिया