‘म तपाईंसँग आएको छु, फर्केर जान्न’: नेता गौतम

इनेप्लिज २०७८ असार १८ गते १०:३६ मा प्रकाशित

काठमाडौं।नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छोडेर अब कहिँ कतै नजाने बताएका छन्।नेकपा एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आफू पार्टी एकतकै पक्षमा रहेको उद्घोष गरेका छन्।

अध्यक्ष ओलीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने प्रतिवद्धता जनाएर केन्द्रीय कमिटी बोलाएपछि गौतम बैठक सहभागी भएका हुन्।‘म तपाईंसँग आएको छु, फर्केर जान्न,ननिकालेसम्म एमालेमा बसिरहन्छु’,गौतमको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य विशाल भट्टराईले भने,‘मलाई जिम्मेवारी दिए एकता गर्छु।’

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते हठात रुपमा प्रतिनिधिसभा विघटन गरेपछि एमालेका बैठकमा सहभागी नभएका गौतम शुक्रबार बालुवाटार गएका हुन्।

अध्यक्ष ओलीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने प्रतिवद्धता जनाएर केन्द्रीय कमिटी बोलाएपछि गौतम बैठक सहभागी भएका हुन्।

प्रतिक्रिया