माधव नेपालले भेट गर्न नमानेको भन्दै ओली गरे गुनासो

इनेप्लिज २०७८ असार १८ गते १०:३१ मा प्रकाशित

काठमाडौं।सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालले भेट गर्न नमानेको भन्दै गुनासो गरेका छन्।अध्यक्ष केपी शर्मा ओलीले आव्हान गरेको केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका नेता माधव नेपाललाई भेट्नका लागि टेलिफोन गरेको भए पनि उनले अस्विकार गरेको भन्दै गुनासो गरेका छन्।

शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ओलीले भेट गर्न चाहँदा पनि भेट गर्न नमानेको बताए ।

नेपाललाई ओलीले बिहीबार बेलुकी टेलिफोन गर्नुभएको थियो।आफूले भेट्नका लागि आग्रह गर्दा नेपालले नमानेले प्रसङ्ग ओलीले केन्द्रीय कमिटी बैठकमा जानकारी गराउनु भएको प्रवक्ता ज्ञवालीले बताए।आजको बैठकले माधव कुमार नेपाल समूहका २३ जना सांसदलाई प्रतिनिधि सभा विघटन विरुद्धको हस्ताक्षर फिर्ता लिन समेत निर्देशन दिएको।साथै अर्काे बैठक भोली बस्ने भएको छ।

प्रतिक्रिया