शुक्रबार, माघ १४ २०७८
काठमाडौं २१:३३
वासिङटन डिसी 10:48

अमेरिकामा प्रचण्ड गर्मीको कारण ६० भन्दा ज्यादा मानिसको मृत्यु

इनेप्लिज २०७८ असार १७ गते १२:४६ मा प्रकाशित

अमेरिकामा प्रचण्ड गर्मीको कारण ६० जना भन्दा ज्यादा मानिसहरुको मृत्यु भएको छ । अमेरिकाको प्रशान्त उत्तर पश्चिमी क्षेत्रमा अत्यन्तै गर्मी भएको कारण ६० जना भन्दा ज्यादा मानिसको निधन भएको हो ।

अझ पनि यस क्षेत्रमा लामो समय सम्म प्रचण्ड गर्मिको सामना गर्नु पर्नेछ  एनबिसी न्यूजले सामाचार लेखेको छ ।

अमेरिकाको ओरेगन राज्यमा गत शुक्रवारदेखि हाल सम्म ६३ जनाको ज्यान गै सकेको राज्य चिकित्सा (शव) परीक्षण अधिकारीले जनाएका छन् । त्यस मध्ये मृत्यु हुने ४५ जना पोर्टल्याण्डको मुनोमा काउन्टीमा मात्र परेको जानकारी काउन्टी चिकित्सा परीक्षकले दिएका छन् ।

मृतकहरु मध्ये धेरै  वातानुकूलन (एयर कंडीसन ) अथवा पंखा नरहेको कारण मृत अवस्थामा फेला परेको शव जाँच गर्ने अधिकारीले एक वक्तव्यमा जनाएका छन् ।

ओरेगमा सन् २०१७ देखि २०१९ बीचमा हाइपरथर्मिया (शरीरमा अत्यधिक उच्च तापक्रम हुनु ) बाट १२ जनाको मृत्यु भएको थियो ।

ओरेगोनमा पनि तापक्रम अत्यधिक वृद्धिसंगै अस्पताल आउनेको संख्यामा वृद्धि भएको छ । गत सोमवार मात्र २५० जना गर्मीको कारण अस्पताल आएका थिए । यसै गरि क्यानडाको नजिकैको स्नोहोमिश काउन्टीमा ५१ देखि ७७ बर्षका तीन व्यक्तिहरू अत्यधिक गर्मिको कारण मृत्यु भएको छ ।

गत मंगलबार स्पोक्यान वाशिंगटनमा दुईजना तातोको कारण आफ्नै आवास गृहमा फेला परेका थिए।

व्यावसायिक सुरक्षा तथा स्वास्थ्य प्रशासनले शनिबार ओरेगनमा यसको अनुसन्धान गरिरहेको छ । जहाँ एक कृषि केन्द्रका मजदूर अचेत अवस्थामा फेला परेका थिए भने पछि उनको मृत्यु भयो।

प्रतिक्रिया