मंगलबार, साउन २४ २०७९
काठमाडौं १२:४३
वासिङटन डिसी 02:58

ट्रम्प संगठनका प्रमुख वित्तीय अधिकारीद्वारा म्यानह्याटन जिल्ला अधिवक्ताको कार्यालयमा आत्मसमर्पण

इनेप्लिज २०७८ असार १७ गते ११:५४ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवसाय ट्रम्प संगठनका प्रमुख वित्तीय अधिकारीले म्यानह्याटन जिल्ला अधिवक्ताको कार्यालयमा आत्मसमर्पण गरेका छन् । ट्रम्प संगठनलाई कर अपराधमा अभियोग लाग्न सक्ने सम्भावना सिएनएनले लेखेको छ ।

श्रोतका अनुसार उनि उक्त कार्यालयमा २ बजे सम्म हाजिर हुने भन्ने अनिश्चित रहेको थियो । एलेन विसेलबर्ग जुलाई १ का दिन बिहानै जिल्ला अधिवक्ता कार्यलयमा पुगेका थिए ।

विसेलबर्ग म्यानह्याटनको अदालतमा हाजिर हुनेछन । यद्यपि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनको क्रममा धेरै संघीय र राज्य अभियोगी सोधपुछको सामना गर्नु परेको थियो । जिल्ला वकिलको कार्यलयले पहिलो पटक ट्रम्प संगठनलाई अभियोग लगाउने अपेक्षा गरिएको छ ।

तर यस बिषयमा ट्रम्प आफैंलाई भने अभियोग लाग्ने अपेक्षा नगरिएको उनका वकीलले भनेका छन्।

प्रतिक्रिया