राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

इनेप्लिज २०७८ असार १७ गते १०:५५ मा प्रकाशित

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter’s Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।बिहीबार प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री ओली नेकपा (एमाले) स्थायी कमिटी बैठक सकेर राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगेका हुन्।भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको बताइएको छ।

पछिल्लो राजनीतिक परिस्थिति र नयाँ घटनाक्रमका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सुझाव लिने गरेका छन्।यसअघि प्रधानमन्त्री र राष्ट्रपतिको भेट मंगलबार भएको थियो।

प्रतिक्रिया