ग्लोबल फोरम अन्तराष्ट्रीय समन्वय समितीको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ असार १७ गते ९:४४ मा प्रकाशित

विगत केही समय यता देशका विभिन्न स्थानहरुमा जातीयविभेदका घटनाहरु धमाधम घटिरहेका छन तर पनि राज्य र सम्बन्धित न्यायिक निकायहरुबाट पीडितले उचित न्याय नपाईरहेका गुनासा बाहिर आइरहेका छन।भरखरै काठमाण्डौ जस्तो ठाँउमा समेत संचारकर्मी रुपा सुनारलाई जातीय बिभेद गर्दै भाडामा कोठा नदिने घरबेटी सरश्वती प्रधानलाई प्रहरीले अनुसन्धान गरिरहेकै बेला नेपाल सरकारको शिक्षा,बिज्ञान तथा प्राबिधि मन्त्री सम्हाली रहनु भएका मन्त्री कृष्ण गोपाल श्रेष्ठले पदीय अख्तियारको दुरुपयोग गरी अनुसन्धानको लागि थुनामा राखिएको अभियुक्त घरबेटी सरश्वती प्रधानलाई सत्ता र शक्तिको बलमा सरकारी गाडीको दुरुपयोग गर्दै थुना मुक्त गरी उनको घरसम्म पुराई दिएको घटनाको जातिभेद बिरुद्ध बिश्व मंच (-Global Forum against caste based discrimination )घोर भर्त्सना गर्दछ।

नेपालको संबिधान २०७२,छुवाछुत बिरुद्ध बनेका अन्य कानुनहरु,अन्तर्राष्ट्रिय कानुन र प्रावधानहरुले समेत जातीय आधारमा कसैले कसैलाई बिभेद गर्न पाइदैन।नेपाल सरकारको मन्त्री जस्तो गरिमामय पदमा रहेर देशको संबिधान, कानुनको रक्षा गर्नुको सटटा उल्टै हुलहुल्लाज सहित लिएर गई न्यायिक निकायलाई प्रभावित बनाउदै मन्त्री पदको मर्यादालाई ख्याल नगरी, अख्तियारको दुरुपयोग गर्दै अभियुक्तलाई थुनाबाट मुक्त गराउने,सबै नागरिकलाई समान व्यबाहार नगरी जातीयता सम्प्रादायिकता द्धन्द भडकाउने, राष्ट्रको साधन र श्रोत चरम दुरुपयोग गर्ने शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई पदबाट तुरुन्त बरखास्त गरी आवश्यक कानुनी कार्बाही गर्न र जातको आधारमा कोठाभाडा नदिने बिभेदकारी घरबेटी सरश्वती प्रधानलाई कानुनको दायरामा ल्याईृ आवश्यक कार्बाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ।साथै यस प्रकारको बिभेद,उत्पीडन र असमानताको बिरुद्ध एकजुट भई संबिघान र कानुनको रक्षा गर्न सबै राजनीतिक पार्टिहरु,सामाजिक संघ संस्थाहरु,प्राज्ञिक समुदाय सबैमा हार्दिक आपिल गर्दछौ।

मिति ११ जेष्ठ २०७८

(तीर्थ बिश्वकर्मा)।                                                                 मोतीलाल नेपाली
(अध्यक्ष ग्लोबल फोरम अन्तराष्ट्रीय समन्वय समिती )        (महासचिब ग्लोबल फोरम अन्तराष्ट्रीय समन्वय समिती )

 

 

प्रतिक्रिया