बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:०३
वासिङटन डिसी 06:18

६० जना महिलाद्वारा यौन आक्रमणको शिकार भएको आरोपित हास्य कलाकार बिल कज्वी कैद मुक्त

इनेप्लिज २०७८ असार १७ गते ०:२९ मा प्रकाशित

अमेरिकामा करिब ६० जना महिलाहरुले हास्य कलाकार बिल कज्वी बिरुद्ध यौन आक्रमण तथा यौन उत्पीडन भएको आरोप लगाई कैद समेत भएका कज्वी कैद मुक्त भएका छन् ।

जुन २९ बुधबारका दिन उनलाई पेनसेलभेनियाको सर्वोच्च अदालतले उनलाई रिहा गरेको छ ।

उनि रिहा हुने बित्तिकै मानिसहरु आश्चर्य चकित भएका छन् ।

सोच्दै नसोचेको कुरा बाहिर आए पछि पीडित महिलाहरुले अदालत प्रति पनि अविश्वास रहेको भन्दै टिका टिप्पणी सामाजिक संजाल मार्फत प्रकाशित गरेका छन् । उनलाई दोषी ठहर गरि सन् २०१८ देखि उनि कारागार जीवन बिताई रहेका थिए । उनले १० बर्षको कैद सजाय सुनाईएको थियो ।

उनि केवल अढाई बर्ष पछि कैद मुक्त भएका छन । महिला कलाकारहरुले क्रोधित भएका छन् । उनले लागू पदार्थ महिलालाई खुवाई अचेत अवस्थामा हुँदा अस्मिता लुटेका थिए भनि समेत आरोप लागेको थियो भनि युएसए टुडेले समाचार लेखेको छ ।

१९३७ मा जन्मेका कज्बी अहिले ८३ बर्ष का भएका छन् । उनले कैद मुक्त भए पछि “मैले आफ्नो अडान र कथा परिवर्तन गरेको छैन। मैले सधैं आफ्नो निर्दोषता कायम राखेको छु, ” उनले सामाजिक संजालमा लेखे । “मेरा सबै प्रशंसकहरू, समर्थकहरू र साथीहरूलाई धन्यवाद जुन यस परीक्षामा मसँग उभिए।”

“कानूनको शासन कायम राख्नका लागि पेन्सल्भेनिया सर्वोच्च अदालतलाई विशेष धन्यवाद,” कज्बीले भने ।

प्रतिक्रिया