आइतबार, साउन २२ २०७९
काठमाडौं २२:०७
वासिङटन डिसी 12:22

अद्यावधिक गरिएको : फ्लोरिडाको भत्किएको भवनमा मृत्यु हुनेको कूल संख्या १८ पुग्यो ,१० बर्ष र ४ बर्षको बच्चाको शव भेटियो

इनेप्लिज २०७८ असार १६ गते २३:२९ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको मायामी शहर नजिक रहेको १२ तले भवन आंशिक रुपमा भत्किए पछि अहिले सम्म कूल मृत्युहरुको संख्या १८ पुगेको छ ।

अझ पनि हराई रहेको संख्या १४५ रहेको सिएनएनले जनाएको छ । पछिल्लो जानकारी अनुसार १० बर्ष र ४ बर्षको बच्चाहरुको पनि शव भेटिएको जनाइएको छ । लगातार ७ दिन सम्म उद्धार टोली र बिशेष टोलीहरुले हराई रहेका मानिसहरुको खोजी गरि रहेका छन् । उक्त १२ तले भवनमा ५५ वटा इकाई भत्किएको थियो ।

आज जुन २९ का दिन मंगलबार थप १ जनाको शव फेला परेको छ । जुन ३० बुधबारका दिन आयोजित पत्रकार सम्मेलनमा मायामी काउन्टीकी नगर प्रमुख डानिला लेभिना काभाले बच्चाहरु सहित १८ पुगेको बताइन । अहिले उक्त क्षेत्रमा बुधबार वर्षा पनि भएको थियो भने भोली जुलाई १ बिहिबार पनि ठूलो हावा र बिजुली चट्टान आउने सम्भावना रहेको हह ।

गत शुक्रबार मायामी शहरले एक पत्र जारी गरि ४० बर्ष पुराना ६ तला भन्दा माथि भएका भवनलाई जाँच गर्न आग्रह गर्दै ४५ दिन भित्र प्रतिवेदन बुझाउन आग्रह गरेका छन् ।

गत जुन २४ का दिन बिहान बिहीवार उक्त भवन आंशिक रुपमा भत्केको थियो । उक्त समयमा अधिकांश मानिसहरु मस्त सुतिरहेका थिए ।

उक्त घटना फ्लोरिडाको मायामी सर्फसाइड भन्ने शहरमा भएको हो । उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामी समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ । करिव ५५ वटा कन्ड़ोनियम(एक परिवार लागि पुग्ने फ्लाट अर्थात् एक तला -इकाई ) भवन खसेको थियो ।

उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको छ ।

प्रतिक्रिया