अमेरिकामा २ करोड ९० लाखले कोरोना जिते,३२ करोड २५ लाखलाई खोप
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ११ हजार ५ सय ३४ जना संक्रमित भएका छन् । त्यस्तै गरि कोरोना भाइरसबाट २ सय ७२ जनाको मृत्यु भएको छ । गत मंगलबार जुन २९ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।
कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा १५ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ४ हजार ६९ जनाको निधन भएको छ भने दुई हप्तामा २३ प्रतिशतले मृत्यु दर घटेको छ ।
हाल अमेरिकामा १६ हजार ६ जना ८९ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या १३ प्रतिशतले घटेको छ । गत जुन २९ का दिन अमेरिकामा ५ लाख ७७ हजार १ सय ९५ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले बिहान बुधबार सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३६ लाख १८ हजार ५ सय ५ रहेको छ ।
अमेरिकामा हाल सम्म ३२ करोड ५१ लाख ५२ हजार ८ सय ४७ जनाले कम्तिमा एक खुराक खोप लगाएका छन् । अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४६ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५४ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५७ प्रतिशतले लगाई सकेका छन् ।
अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८७.७ प्रतिशत र पूर्ण खोप ७७.७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।
अमेरिकामा हाल सम्म २ करोड ९० लाख ७ हजार ३ सय ७३ जनाले कोरोना जितेका छन् ।
अमेरिकाको जनसंख्या ३३ करोड २४ लाख छ भने गत जुन २९ सम्म ३८ करोड १८ लाख ३१ हजार ८ सय ३० खोप आपूर्ति गरि सकेको छ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया