पोखराको फुस्रेखोलाले बगाएर आज एक जना युवकको मृत्यु
पोखराको फुस्रेखोलाले बगाएर आज एक जना युवकको मृत्यु भएको छ।कास्कीको पोखरा महानगरपालिका १७ काउछेघारीस्थित फुस्रेखोला माछा मार्ने क्रममा खोलाले बगाउँदा स्याङ्जाका २६ वर्षीय युम बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनु भएको छ।मृतक स्याङ्जाको बिरुवा गाँउपालिका ७ डिही घर भइ हाल पोखरा १७ हनुमान टोल बस्दै आएका थिए ।
उनलाई आज बिहान सवा १० बजे माछा मार्ने क्रममा फुस्रे खोलाले ५ सय मिटर जति बगाएर वीच भागमा अड्काएको थियो।घटना पश्चात वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङको कमाण्डमा खटिएको ११ जनाको टोलीले सशस्त्र प्रहरीको रेश्क्यु टोलीको सहयोगमा मृत अवस्थामा खोलाबाट बाहिर निकालेको हो।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखराबाट प्रहरी सहायक निरीक्षक तेजबहादुर सार्कीको कमाण्डमा खटिएको ८ जनाको टोलीले मृतक गुरुङको शव निकाल्न फुस्स्रे खोलामा खटीएका थिए।
कस्तो अबस्थामा थियो शब संगै जाने साथिहरु के भन्छन हामीले स्थलगत भिडीयो सामग्री तयार पारेका छौ यो भिडियो हेर्नुहोस
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया