शुक्रबार, माघ १४ २०७८
काठमाडौं २२:१५
वासिङटन डिसी 11:30

मार्क जुकरबर्गले मुद्धा जित्ने बित्तिकै बजार भाउ ४.४ प्रतिशतले वृद्धि

इनेप्लिज २०७८ असार १५ गते १:४५ मा प्रकाशित

मार्क जुकरबर्गको सामाजिक संजाल फेसबुक(मुहार पुस्तिका)बिरुद्ध राज्य तथा संघीय सरकारले दायर गरेको मुद्धालाई न्यायाधीशले खारेज गरि दिएका छन् । जुकरबर्गको पक्षमा अर्थात् फेसबुकको पक्षमा फैसला आए पछि धितो पत्र कारोवार(शेयर मार्केट)मा ४.४ प्रतिशतले वृद्धि भएको छ ।

एक न्यायाधीशले भने कि अमेरिकी फेडरल ट्रेड कमिशन(संघिय ब्यापार आयोग)ले सामाजिक संजाल फेसबुकको एकाधिकार रहेको विरुद्ध मुद्दा हालेका थिए ,तर असफल भएका छन् । जुकरबर्ग संग सामाजिक संजाल इन्सट़ाग्राम ,फेसबुक र व्हाट्सअप रहेकोले एकाधिकार भएको भन्दै मुद्दा दायर गरिएको थियो ।

संघीय सरकार र राज्यहरूको गठबन्धनले पेश गरेको दुई वटा एकाधिकारी व्यापार विरोधीको मुद्दालाई खारेज गरे पछि बजार भाउ वृद्धि भएको हो । अमेरिकाको जिल्ला न्यायाधीश जेम्स बोसबर्गले वाशिंगटनमा सोमबार फेसबुकले उक्त मुद्धालाई खारेज गर्न अनुरोध गरे पछि न्यायाधीशले स्वीकृत गरेका थिए ।

बोसबर्गले लेखेका छन्, “अदालत यहाँ फेसबुकको सबै विवादास्पदसँग सहमत छैन, तर अन्ततः सँस्थाको गुनासोहरु कानुनी रूपले अपर्याप्त छ र यसैले खारेज गर्नुपर्दछ भन्ने निष्कर्षमा पुगेको छ,” बोसबर्गले लेखे भनि अलजजिरा डटकमले समाचार लेखेको छ ।

प्रतिक्रिया