अनेसास उत्तर अमेरिका समितिद्वारा साहित्यिक कार्यक्रम

सम्वाददाता २०७८ असार १५ गते १:४७ मा प्रकाशित

‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिले गत आइतबार पनि यस क्षेत्रमा पर्ने च्याप्टरहरूका स्रष्टाहरू जोडेर साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।यस क्षेत्रका च्याप्टर प्रतिनिधिहरूसँग गरिने यो नियमित साहित्यिक श्रृङ्खलाको नवौँ संस्करण हो।आफ्ना च्याप्टरहरूलाई केन्द्रसँग निरन्तर जोडने अवधारणा अन्तर्गत यस पटक केन्द्रीय प्रतिनिधिहरू र ट्रस्टी परिषद प्रतिनिधिहरू माझ अनेसास बोष्टन च्याप्टर,मेरिल्याण्ड च्याप्टर तथा न्यूयोर्क च्याप्टरका स्रष्टाहरू जोडिएका थिए।कार्यक्रममा आमन्त्रित अमेरिका क्षेत्रकै केही अरू च्याप्टर प्रतिनिधिहरु पनि जोडिएका थिए।उक्त कार्यक्रममा बोस्टन् च्याप्टरको नव गठित कार्यसमितिसँग परिचयात्मक कार्यक्रमसँगै विभिन्न विधाका रचनाहरू वाचन गरिएका थिए।

नेपाली भाषा तथा साहित्यको संरक्षण र संवर्धनको अभियानमा निरन्तर अगाडि बढिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका उत्तर अमेरिका क्षेत्रीय समितिले आफ़नो क्षेत्रमा साहित्य सिर्जनाको प्रवर्धनसंगै आपसी सम्बन्धलाई सुदृढ र बलियो बनाउने उदेश्यका साथ नियमित रचना बाचनका श्रृङ्खलाहरू र कार्यशाला गोष्ठीहरू आयोजना गर्दै आएको छ।

कार्यक्रममा,बिओटी अध्यक्ष गीता खत्री,पूर्व केन्द्रीय अध्यक्ष तथा ट्रस्टी उपाध्यक्ष पदम विश्वकर्मा,पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार मोहन सिटौला,केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा,केन्द्रीय कोषाध्यक्ष कृष्ण गिरी,केन्द्रीय सदस्य तारा अधिकारी,अनेसास सल्लाहकार राम खत्री लगायत विशेष पाहुना तथा साहित्यकार, अलिमिया लोक वाङमय प्रतिष्ठानका पूर्व अध्यक्ष हनिफ मियाले पनि शुभकामना मन्तव्य सहित रचना वाचन गरेका थिए।

यसैगरी अनेसास मेरिल्याण्ड च्याप्टरका पूर्व अध्यक्ष तथा मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो ।

भण्डारीले आफ्नो शुभकामना मन्तब्य सहित कविता वाचन गर्नु भएको थियो।

बोस्टन च्याप्टरबाट अध्यक्ष- दीपा राई पुन,कोषाध्यक्ष ममता कर्माचार्य, कार्यकारी सदस्य महेश्वर पन्त तथा सदस्य अभी गजुरेल उपस्थित थिए भने,मेरील्याण्ड च्याप्टरबाट अध्यक्ष भरत बराइली,पूर्व अध्यक्ष- तीर्थराज पाण्डे तथा महासचिव मधुकर अधिकारी उपस्थित थिए।यसैगरी न्यूयोर्क च्याप्टरबाट पूर्व अध्यक्षद्वय ज्योति पौडेल तथा पुनम काफ्ले, च्याप्टरका महासचिव राजन महर्जन, कोषाध्यक्ष जानुका वस्ती ढकाल, पूर्व सचिव लक्ष्मी श्रेष्ठ, कानूनविद विनोद रोका,वरिष्ठ साहित्यकार डा मधु माधुर्य, आजीवन सदस्यहरु- शारदा क्षेत्री,पद्मा लिंखा मगर, किशन धामी,गोविन्द कोइराला आदिका साथै डिसी च्याप्टरका रवीन्द्रभक्त श्रेष्ठलगायतका साहित्यकारहरु जोडिएर आ-आफ्ना सिर्जना वाचन गरेका थिए।

अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष द्वारा स्वागत मन्तव्यबाट अघि बढाइएको उक्त कार्यक्रममा न्यूयोर्क़ च्याप्टर अध्यक्ष शकुन ज्ञवालीद्वारा संचालन गरिएको थियो भने कार्यक्रमको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष तथा उत्तर अमेरिका क्षेत्रका संयोजक राजेन्द्र श्रेष्ठले गरेका थिए ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण इनेप्लिज अनलाइन मिडियाले आफ़नो फ़ेसबुक च्यानलबाट गरेको थियो ।

 

प्रतिक्रिया