पेलोसीद्वारा अमेरिकी सांसदमा भएको विद्रोहको छानबिन गर्न विशिष्ट समिति गठन गर्न प्रस्ताव पेश
अमेरिकी सभामुख न्यान्सी पेलोसीले बिशिष्ट समिति गठन गर्ने एक प्रस्ताव पेश गरेकी छिन ।
जनवरी ६ मा सांसदमा भएको विद्रोहको छानबिन गर्न एक विशिष्ट समिति गठन गर्ने प्रस्ताव गरेकी छिन ।
प्रस्ताव अनुसार समितिमा १३ जना सदस्यहरु हुनेछ । ती मध्ये आठ सदस्यहरू पेलोसीले नियुक्त गर्ने छिन । ५ सदस्यहरु नियुक्त सम्बन्धमा अल्पसंख्यक नेता केभिन म्याकार्थीसँग परामर्श लिइने बताईएको समाचार सिएनएनले समाचार लेखेको छ ।
यो प्रस्ताव आगामी बुधबार मतदान हुने छ भने यसको लागि सिनेटले अनुमोदन गरि रहनु पर्दैन । किनभने यो डेमोक्र्याटिकहरुले मात्र निर्माण गर्ने समिति हो ।
यो भन्दा पहिला सिनेट रिपब्लिकनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूद्वारा गरिएको आक्रमणको छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्ने विषयमा रोके पछि नयाँ समिति आएको हो ।
पेलोसीले यस महिनाको सुरुमा भनेकी थिइन् तल्लो सदनले छानबिन अघि बढाउने छ जसमा हिंस्रक भीड भवन भित्र पसे र जो बाइडेनको निर्वाचकीय मत ( इलेक्टोरल कलेज ) जीतको प्रमाणपत्रलाई रोक्न खोज्ने र सांसदहरूको खोजी गरेको भनेकी थिइन् ।
सेप्टेम्बर ११ मा आतंकवादी हमलाको छानबिन गर्ने त्यस्तै समिति गठन भएको थियो ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया