अमेरिकामा २ करोड ८९ लाख २७ हजारले कोरोना जिते ,३२ करोड २३ लाखलाई कम्तीमा एक खोप

इनेप्लिज २०७८ असार १४ गते १०:३८ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ११ हजार ८ सय ८१ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट ३ सय ८ जनाको मृत्यु भएको छ । गत आइतबार जुन २७ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा १८ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ३ हजार ५ सय ९७ जनाको निधन भएको छ भने दुई हप्तामा १५ प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा १६ हजार ८ जना ५१ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या १५ प्रतिशतले घटेको छ । गत जुन २७ का दिन अमेरिकामा ५ लाख ७७ हजार १ सय ९५ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले बिहान सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३५ लाख ९२ हजार ३ सय २५ रहेको छ ।

अमेरिकामा हाल सम्म ३२ करोड ३३ लाख २७ हजार ३ सय २८ जनाले कम्तिमा एक खुराक खोप लगाएका छन् ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४६ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५४ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५६ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८८.७ प्रतिशत र पूर्ण खोप ७७.७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म २ करोड ८९ लाख २७ हजार ३ सय ३५ जनाले कोरोना जितेका छन् ।

अमेरिकाको जनसंख्या भन्दा ज्यादा खोपको आपूर्ति भएको छ भने गत जुन २७ सम्म ३८ करोड १२ लाख ८२ हजार २ सय २० खोप आपूर्ति गरि गरि सकेको छ ।

प्रतिक्रिया