श्रष्टा साँझ अमेरिकाको हाँस्यव्यंग कार्यक्रम सम्पन्न

सुरेन उप्रेती अटवा २०७८ असार १४ गते २:२७ मा प्रकाशित

असार १२गते शनिवार तदनुसार,जून २६ तारिक २०२१का दिन श्रष्टा साँझ अमेरिकाले व्यंग कविता गजल र मुक्तक कार्यक्रमको आयोजना गर्यो।नेपाल, भारत, अमेरिका,जापान र क्यानडाका साहित्यकारहरूको सहभागितामा कार्यक्रम सम्पन्न भयो।नेपालका गजलकार ज्ञानुवाकर पौडेलको प्रमुखआतिथ्य र कोलकोत्ताका उर्दूभाषी कवि इरामी अन्सारी,इलाहाबादका फर्मुद इलाहाबादी,इलाहाबाद इन्डियाका साहित्यकार सौरभ पाण्डेय,नेपालकी मुक्तककार त्रिपुरा पौडेल,सिस्नो पानी नेपालका सल्लाहकार नरनाथ लुइटेल, कलाकार थरेन्द्र बराल र कवि हरिकला उप्रेतीको विशिष्ठ आतिथ्य रहेको थियो।

श्रष्टा साँझका अमेरिकाका अध्यक्ष प्रभात दिक्षितको अध्यक्षतामा शुरूभएको कार्यक्रममा सुरेन उप्रेती र भगवती पौडेलले सहजकर्ताको भुमिका निर्वाह गर्नु भएको थियो।जापान,भारत,अमेरिका,क्यानाडाबाट सहभागीहरूले मैथली,नेपाली,हिन्दी,उर्दु,र भोजपुरी भाषामा कविता,गजल तथा व्यंग मुक्तकहरू वाचन गरेका थिए।गद्द र पद्द दुबै विधामा कविता,गजल र मुक्तकहरू वाचन गरिएको यस कार्यक्रममा हाँश्य,सामाजिक भेदभाव विरूद्धको व्यंग,विकृतिविसंगति प्रति व्यंग,साहित्यिक चेतना जगाउने र यथार्थमाथि व्यंग, गलत राजनैतिक प्रवृतिमाथि व्यंगप्रहार गरिएका थिए।घरपरिवार र समाजमा बढ्दै गरेका आडम्वरमाथि चोटिला मुक्का बर्साइएका थिए।गाउँ थातथलो छोडेर शहरिएका मान्छेहरू,र मुङ्लानतिर परदेशिएका यूवाहरूले सुखसयलमा गुन्द्रुकको श्वाद र जन्मभूमिको माटो बिर्सिएलान् भन्ने चिन्ता पोखिएको थियो । सभ्यता र विकाशका नाममा आफ्नै परिचय भुल्ने प्रवृति प्रति चिन्ता जाहेरभएका थिए।आफु ठुलो ठहरिन अरूलाई गाली गर्नु पर्छ भन्ने छैन।अरूलाई होच्याउनु पर्दैन।आफैँलाई परिस्कृत गर्दै लगेमा आफैँ सम्मान र पहिचान पाइन्छ भन्ने सन्देस दिने व्यंगहरू वाचित भएका थिए।

मुक्तककार त्रिपुरा पौडेलका तीन मुक्तकहरूबाट शुरू भएको कार्यक्रममा क्रमश जापानबाट गृष्मा पौडेल, सिस्नो पानी नेपालका थरेन्द्र बराल, भारतको कोलकोत्ताबाट इरामी अन्सारी,अमेरिकाबाट बैकुण्ठराज आचार्य,हेटौडाबाट टेकबहादुर कोइराला, ईलाहाबाद भारतबाट सौरभ पाण्डेय, सिस्नो पानी नेपालबाट हरीकला उप्रेती, नेपालका गजलहस्ती ज्ञानुवाकर पौडेल, सिस्नो पानी नेपालका सल्लाहकार नरनाथ लुइटेल,भारतकै इलाहवादबाट कवि फरमुद इलाहाबादि, नेपालबाट कवि ललिता दोषी, आर सी रिजाल, रामकुमार पण्डित, अर्जुन दाहाल ,बिष्णु तिवारी, द्वारिका कुइकेल,गोपाल नेपाल,धर्मराज बराल, कमला अधिकारी,स्रष्टा साँझ अमेरिकाका पवन बुढाथोकी, त्यस्तै राजकुमार लामिछाने डिल्लि प्रसाद मुलातिहुन,स्रष्टा साँझका विश्वराज अधिकारी, क्यानडाका सुरेन उप्रेती,अमेरिकाबाट प्राध्यापक मोहन सिटौलाले आआफ्ना रचनाहरू बाचन गरेर सुनाउनु भएको थियो।कार्यक्रममा प्रेम ओली र चैतन्य सिटौलाको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित पाहुनाहरूलाई संस्थाका अध्यक्ष प्रभात दिक्षितले परिचय गराउनु भएको थियो भने संस्थाकी भगवती पौडेलले संस्थाका गतिविधीमाथि प्रकाश पार्दै सहभागिहरूलाई कार्यक्रममा श्वागत गर्नु भएको थियो।कार्यक्रमको अन्त्यमा साहित्यकार मोहन सिटौलाले सहित्यमा व्यंग परम्पराको हजारौँ बर्ष पुरानो इतिहाँस रहेको चर्चा गर्नु भयो । यसप्रकारका कार्यक्रमले दक्षिण एशियालाईमात्र प्रतिनिधित्व नगरी विश्वलाई नै मार्ग प्रदर्शण गराउनेछ।यहाँ वाचित सबै श्रष्टाहरूका अति उच्च शैली,भाव,र उत्कृषट रचनाबाट प्रभावित भएको बताउँदै सबै सहभागीहरूलाई धन्यवाद दिनु भयो।साढेदुई घण्टा सम्म चलेको कार्यक्रममा सबैजना कार्यक्रमको अन्त्य सम्म सहभागी बनी भब्य रूपमा कार्यक्रम सम्पन्न भयो।

https://www.facebook.com/photo?fbid=10224233821289437&set=a.10200907438584448

प्रतिक्रिया