अद्यावधिक गरिएको : फ्लोरिडाको बाह्र तले भवन भत्किदा मृतकको संख्या ९ पुग्यो ,१५२ अझ बेपत्ता
ताजा जानकारी अनुसार अमेरिकाको फ्लोरिडा राज्यको मायामी शहर नजिक रहेको एक १२ तले भवन आंशिक रुपमा भत्किए पछि अहिले सम्म मर्नेहरुको संख्या ९ पुगेको छ । अझ पनि हराई रहेको संख्या १५२ पुगेको जानकारी सिएनएनले जनाएको छ । उद्धार टोली अहोरात्र हराई रहेकाहरुको खोजी गरि रहेका छन् ।
आइतबार साँझ पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । मायामी डेड शहरका नगर प्रमुखले आज उक्त भवन भित्रबाट ४ जनाको शव निकालिएको बताए । गत शुक्रबार मायामी शहरले एक पत्र जारी गरि ४० बर्ष पुराना ६ तला भन्दा माथि भएका भवनलाई जाँच गर्न आग्रह गर्दै ४५ दिन भित्र प्रतिवेदन बुझाउन आग्रह गरेका छन् ।
गत जुन २४ का दिन बिहान बिहीवार उक्त भवन आंशिक रुपमा भत्केको थियो । उक्त समयमा अधिकांश मानिसहरु मस्त सुतिरहेका थिए ।
उक्त घटना फ्लोरिडाको मायामी सर्फसाइड भन्ने शहरमा भएको हो । उक्त घटना हुने बित्तिकै मायामी डेड काउन्टीका अग्नि उद्दार टोली त्यहाँ पुगेको सामाजिक संजाल मार्फत जानकारी गराएका थिए ।
उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामी समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ । करिव ५५ वटा कन्ड़ोनियम(एक परिवार लागि पुग्ने फ्लाट अर्थात् एक तला ) भवन खसेको थियो ।
उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको छ ।
दुई शयन कक्ष भएको उक्त एक ईकाई(युनिट)को बजार मूल्य ६ देखि ७ लाख डलर मुल्य पर्दछ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया