एन्टाद्वारा स्व बिधान ठाकुरको सहयोगको लागि कोष संकलन संचालनमा
सहयोगको लागि आह्वान
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…
विजय थापा।डिसी महानगर क्षेत्र।गत जुन १९ का दिन निधन भएका भर्जिनियाका बिधान ठाकुरको परिवारको सहयोगार्थ एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (एन्टा)ले कोष संकलन संचालनमा ल्याएको छ।
गत जुन २१ ,२०२१ सोमबारका दिन बिहान ११ बजे भर्जिनियाको फल्स चर्च शहरको नेसनल फ्युनेरल होममा अन्त्येष्टि गरिएको थियो।३५ वर्षीय ठाकुर भर्जिनियाको स्प्रिन्ग्सफिल्डमा आमाबुवा संग बस्दै आएका थिए भने उनि बाबु आमाका एक मात्र सन्तान थिए।
उन्को अकस्मात निधन भएको थियो ।उनको बुवाको नाम बच्चन देव ठाकुर तथा आमाको नाम बिमला ठाकुर हो।दुवैजना भर्जिनियामै बसोबास गर्छन ।
एन्टाले संचालनमा ल्याएको उक्त कोष संकलनको लक्ष्य ५० हजार डलर राखिएको छ।अहिले जुन २७ का दिन दिउसो २:३० सम्म ५ हजार ३ सय १६ डलर संकलन भै सकेको छ।
एन्टाकी अध्यक्ष अपराजिता मिश्रा झाले सबैलाई सहयोग गर्न अनुरोध गरेकी छिन।संकलन भएको सबै रकम मातापितालाई जाने समेत जनाएको छ ।
सहयोग गर्न चाहनेले यहा थिच्नु होला :
https://www.facebook.com/donate/517611499690789/10158372474922711/
प्रतिक्रिया