भर्जिनियाको एएनएचएसले गर्यो सरसफाई कार्यक्रम
भर्जिनियाको स्थापित गैर मुनाफा सँस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले मनासस शहरमा सरसफाई गरेको छ। मनासस शहरको बल्सफर्ड रोड (सड्ली सडक देखि इसिपिआई कलेज) सम्मको परिसरमा सरसफाई गरेको हो ।
सरसफाई अभियानको पहिलो कार्यक्रम अन्तर्गत गत जुन २६ शनिबार विहान ८ बजेदेखि १० बजे सम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समाजले प्रिन्स विलियम काउन्टीसँगको सहकार्यमा सरसफाईको जिम्मेवारी प्राप्त गरेको हो ।
समाजप्रतिको उत्तरदायित्व तथा यस्ता अभियानले स्वच्छ वातावरण तथा पर्यावरणको बारेमा सचेतना जगाउने हुनाले संस्थाले अभियान सञ्चालनमा चाख राखेको हो।
काउन्टिसंग भएको करार अनुसार अनुसार समाजले कम्तिमा दुई बर्षसम्म सो परिसरमा सरसफाई अभियान सञ्चालन गर्न पाउने छ । दुई बर्षको अवधिमा विभिन्न चरणमा सरसफाई अभियानलाई अगाडी बढाउने र प्रत्येक चरणमा सम्पूर्ण आजीवन सदस्य,सक्रिय सदस्य तथा संस्थासँग सम्बन्धित सबैले सकृयतापूर्वक सहभागिता जनाउनको लागि पनि समाजका अध्यक्ष कमल भट्टराईले अनुरोध गर्दै समाजले विशेष गरि युवा पुस्ताको लागि यस्ता सामाजिक कार्यक्रममा अझ वढि सक्रिय सहभागिताको लागि भविष्यमा उनीहरूलाई आकर्षित गर्न स्वयम् सेवक अवसर (भोलन्टियर आवर ) दिइने योजना रहेको बताए ।
संस्थाका अध्यक्ष भट्टराईको अगुवाइमा भएको सरसफाइ कार्यक्रममा समाजका संरक्षक मधु पन्थी, समाजका निवर्तमान अध्यक्ष केदार प्रसाद तिम्सिना, पूर्व अध्यक्षद्वय पदमराज रेग्मी, कमला खरेल एवं समाजका पदाधिकारी, कार्यसमिति आजीवन सदस्य, सक्रिय सदस्य लगायत ४० जना भन्दा बढीको सहभागिता रहेको थियो।
परिसरबाट संकलित फोहरलाई समाजले आफ्नै पहलमा व्यवस्थापन समेत गरेको थियो । समाजले सञ्चालन गर्ने अर्को चरणको सरसफाइ कार्यक्रमको मिति पछि तय गरिने पनि सो कार्यक्रममा जानकारी गराइएको थियो ।
उक्त कार्यक्रमको इ–नेप्लीज डट कमले सामाजिक संजाल फेसबुक पेज ( मुहार पुस्तिका)मार्फत प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया