बुधबार, माघ १२ २०७८
काठमाडौं ०१:५३
वासिङटन डिसी 15:08

अमेरिकाको डेलावेयरमा बाल हेरचाह केन्द्रकी एक महिलाले शिशु बच्चीलाई घाटी थिच्दा निधन भएकोमा आजीवन कैद

इनेप्लिज २०७८ असार १३ गते १:४८ मा प्रकाशित

अमेरिकाको डेलावेयर राज्यमा एक बाल हेरचाह केन्द्र(डे केयर)की एक महिलाले शिशु बच्चीलाई घाटी थिच्दा निधन भएकोमा आजीवन कैद पाएकी छिन । न्यायाधिशले उनले घाटी अठ्याई हत्या गरेकोमा उनलाई आजीवन कारागारको सजाय सुनाइएको हो समाचार डब्लुटिपिले लेखेको छ ।

उनलाई गत शुक्रबार उक्त फैसला सुनाएको हो । उनको नाम डिजोयने फर्गुसन हो । उनको उमेर केवल १९ बर्षको छ भने उनले ४ महिनाकी बच्चीलाई न्याक्दा बच्चीले स्वास फेर्न नसक्दा उनको निधन भएको थियो ।

डेलावेयर न्याय बिभागका अनुसार उनलाई सजाय डेलावेयर सर्वोच्च अदालतले दिएको भनि एक वक्तव्य मार्फत जानकारी दिएको छ ।

उक्त महिलाले गत २०१९ मा लिटल पिपुल चायल्ड डेभलपमेन्ट सेन्टर इन बियर भन्ने स्थानमा रहेको डे केयर(निजी बाल मन्दिर )मा भएको थियो ।

फर्गुसनलाई गत अप्रिलमा ईसाबेला टाल्टनको मृत्यु र अन्य चार बच्चाहरूको दुर्व्यवहारको कारण हत्या र बाल दुर्व्यवहारको आरोपमा दोषी ठहराईएको थियो ।

प्रतिक्रिया