कुलतबाट आफू बच्न र बचाउन पर्छ– प्रदेश प्रमुख ‘प्यासी’

इनेप्लिज २०७८ असार १२ गते १०:४३ मा प्रकाशित

विराटनगर,१२ असार।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा आज एक शुभकामना सन्देश मार्फत कुलतबाट आफू बच्न र अरु पनि बचाउनका लागि अग्रसर भएर लाग्नु हुन अनुरोध गर्नु भएको छ।

जुन २६ अर्थात असार १२ गतेलाई संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणा पत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिए अनुसार अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने आजको दिन मूल उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोवारबाट मुक्त्त गराउनु हो।

प्रदेश प्रमुख ‘प्यासी’ले आम जनसमुदाय लागु पदार्थको अवैध तस्करी विरुद्धको अभियानमा एकजुट भएर लागु हुन अनुरोध गर्दै यस दिवसबाट व्यवहारिक उपलब्धी प्राप्ति होस् भनी सबैमा हार्दिक शुभकामना व्यक्त्त गर्नुभएको छ।

लागु पदार्थको सेवनले शारीरिक क्षति मात्र पुर्याउँदैन मानसिक तथा व्यवहारिक क्रियाकलापमा पनि नराम्रोसँग असर पु¥याउँछ।यसको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो र कष्टकर हुन्छ।यसले व्यक्ति स्वयंलाई मात्र नभएर, परिवार,समाज,संघ,संस्था,राजनीति,राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै खतरा पैदा गर्दछ।त्यसकारण हामी समयमै सजग र सर्तक रहनुपर्दछ।यसका दुर्गुणहरुको प्रचार प्रसार गरिनुपर्छ।सरकार र देशका जनता सबै जिम्मेवारी सहित मिलेर बाबुनानीलाई उचित शिक्षा–दीक्षा र वातावरण दिनुपर्दछ।समय समयमा युवामैत्री वातावरण,सामाजिक कार्यमा संलग्नता,कला संस्कृति,नृत्य,सङ्गीत,खेलकुद आदि क्रियाकलापमा युवापंक्तिलाई सहभागी गराउन सकेमा सकरात्मक तथा रचनात्मक बनाउन सकिन्छ।युवाहरुलाई रोजगार वा रचनात्मक कार्यमा व्यस्त बनाउन सके लागु पदार्थको कुलतबाट रिक्त बनाउन सकिने भएकाले सरोकारबाला सबैलाई सोही अनुसारको कार्य गर्न गराउन प्रदेश प्रमुख ‘प्यासी’ले सन्देश मार्फत अनुरोध गर्नुभएको छ।

लागु पदार्थको प्रयोग तथा ओसारपसारमा सरोकारबाला निकायको अझ बढी ध्यानपुग्नु अत्यावश्यक छ।कानुनी उपाय मात्र न्युनीकरणका लागि प्रयाप्त नभएकाले आधुनिक व्यवहारिक उपायको खोजी गरिनुपर्छ भन्ने मेरो ठम्याइ रहेको छ।सकारात्मक सोचका साथ हामी सबैले होस्टेमा हैसे गरी यस अभियानमा जुट्न सके लागु पदार्थको प्रयोग र ओसारपसारलाई रोक्न सकिन्छ भत्रे मैले आशा तथा विश्वास लिएको छु सन्देशमा उल्लेख गरिएको छ।

अन्त्यमा,लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको यस अवसरमा सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर उत्रति, प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै कोरोना विरुद्धको अभियानका साथसाथै बर्षातको यस समयमा आम जनसमुदायलाई सुरक्षित रहनुहुन उहाँले अनुरोध गर्नुभएको छ।

प्रदेश प्रमुख ‘प्यासी’ले विपद व्यवस्थापन  कार्यलाई अझ सक्रिय बनाउन हुन सरोकारवाला सबैलाई अपिल गर्नुभएको छ।

 

 

प्रतिक्रिया