अमेरिकाबाटै बालकृष्णले फेरी ल्याए ‘प्रशंसा गर्छौ’को भिडियो

इनेप्लिज २०७८ असार १२ गते ९:५५ मा प्रकाशित

काठमाडौं।गायक,गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको स्वरमा नयाँ गीत प्रशंसा गर्छौको भिडियो सार्वजनिक भएको छ।गायक न्यौपानेको स्वर,शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा मोडल सुनिल क्षत्री र रेजिना मगरको रोमान्स देख्न सकिन्छ।

प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको डान्सिगं शैलीको गीतमा प्रेममा चुर्लुम्मै डुबेका युवा युवतीको कथालाई देखाइएको छ।जसले आफ्नी सुन्दरी मायालुसँग रोमान्स गरेको कल्पना गर्दै प्रेमको रसपान गरेको दृश्यलाई निर्देशक सुरज श्रेष्ठले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन्।प्रशंसा एल्बम भित्र समावेश गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् भने प्रशान्त मगरले कोरियोग्राफी गरेका छन्।

दीपक गिरीको छायांकन रहेको भिडियोको निर्माता ठाकुर न्यौपाने र झुमा तिमसिना हुन्।न्यौपाने र तिमसिनाको यो पहिलो सहकार्य हो।भिडियो गायक न्यौपानेको आफ्नै च्यानल बिके क्रियशनबाट बजारमा आएको हो।गायक न्यौपानले केही समय अघि मात्रै ‘चञ्चले मन’बोलको भिडियो सार्वजनिक गरेका थिए।

प्रतिक्रिया