विपन्न परिवारको निभेको चुलो लायन्सले बाल्यो

इनेप्लिज २०७८ असार ११ गते २२:४६ मा प्रकाशित

वीरेन्द्र रावल-धनगढी,असार ११।धनगढी उपमहानगरपालिकाको वडानम्बर १२ मनेहरास्थित मुक्त कमैया शिविरका ५ जना परिवारलाई बुधबार खाद्यान्न,चिउरा,अण्डा,सोयाविन र चाउँचाउ लगायतका खाद्यान्नहरु वितरण गरिएको छ।

बन्दा बन्दीको बेलामा कामगरी खाने विपन्न परिवार तथा अति विपन्न अशक्त परिवारहरुको चुलो समेत निभेको थाहा पाएपछि लाइयन्स क्लव अफ धनगढीले उक्त राहत वितरण गरिएको कुरा लायन्स क्लव अफ चार्टरका प्रेसिडेन्ट समेत रहनु भएकी थ्रि स्टार बोर्डिङ्ग स्कुल धनगढीकी सञ्चालिका मीरा आचार्यले बताउनु भयो।

राहत वितरण समारोहका प्रमूख अतिथी एवं लायन्स क्लवका डिस्ट्रीक ३२५ बि २ का प्रथम भिडिजि ईलेक्ट एमजेएफ लायन सिवि चन्द तथा लायन्स क्लव अफ धनगढीकी चार्टरका प्रेसिडेन्ट मिरा आचार्य तथा क्लवका अन्य पदाधिकारीहरुले संयुक्त रुपले उक्त राहत वितरण गर्नु भएको थियो।सो अवसरमा बोल्दै प्रमूख अतिथी चन्दले विपन्न वस्तीका अति विपन्नलाई एक दुईचार छाक भएपनि खान मिल्ने खाद्यान्न वितरण गर्न पाउँदा खुशी लागेको बताउँदै राज्यको ध्यान त्यस्ता विपन्न वस्तीमा जान सक्नु पर्ने धारणा व्यक्त गर्नु भयो।

यस्तै सो अवसरमा प्रिसिडेन्ट मीरा आचार्यले शहर भन्दा पनि ग्रामिण क्षेत्रमा बस्ने मानिसहरुको समस्या निकै दर्दनाक भएकाले ग्रामिण क्षेत्रमा पनि राहतका कार्यक्रमहरु विस्तार गरिनुपर्ने बताउनु भयो।

राहत वितरणमा लायन्स क्लवका सिता पाण्डेय,अम्बीका साउँद,सारदा रेग्मी,रेखा चन्द,बिष्णु घिमिरे,क्ष्मिी भण्डारी,बिष्णु पन्त र लगायतका महिलाहरुको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया