आचार्य र भुलको सहयोगमा विपन्न वस्तीमा राहत वितरण

वीरेन्द्र रावल २०७८ असार ११ गते २२:३५ मा प्रकाशित

 

वीरेन्द्र रावल-धनगढी,असार ११।उहाँ आँखा पनि देख्नु हुन्न।जन्माएको छोरा अशक्त अवस्थामा छाडेर भारत वेपत्ता भए पनि दुवै आँखा गुमाएकी पत्नीसंग दुखका दिनहरु व्यतित गर्दै आउनु भएका ७७ बर्षिय आशाराम चौधरी ६ महिना अघि जीवन साथीको परलोक भएपछि झनै पानी विनासको माछाझैं कष्कर जीवन यापन गरिरहनु भएको छ।

धनगढी उपमहानगरपालिकाको वडानम्बर १२ मनेहरास्थित मुक्त कमैया शिविरमा ६ महिना देखि चुहिएको घरमा छिमेकील खान दिएपछि मात्र खाना खान बाध्य आशारामले खाना भन्दा पनि श्रीमति विपनी थारु गुमाएकोमा निकै चिन्तीत देखिनु भएको छ।

आँखा नदेख्ने भएपनि सकि नसकि श्रीमतिको स्याहार सुसार गर्दै दुखी जीवन एक साथ विताई रहनु भएका आशाराम यति बेला शोकमग्न छन्।उहाँ भन्नु हुन्छ ः छोराले त छाडेर गयो गयो।अव आँखा नदेख्ने र शरिरका शवै शक्तिहरु क्षिण भैसकेको अवस्थामा कसरी कस्को सहारामा बाँच्ने होला निकै चिन्ता लागेको छ।

शुक्रबार एक कटठा चामल,तेल नुन र एक पाउ मासु खाने पैपा राहत स्वरुप पाएपछि उहाँले भन्नु भयो:अव बल्ल पेट भरीखान पाउने भएँ।तपाईलाई भगवानको आर्शिवाद लागेस्।यस्तै सोही सिविरकी अपाङ्ग एकल महिला सुन्दरी राजीले लामो सयमदेखि रोगले ग्रसित अवस्थामा पेटभरी खान र शरिर ढाक्ने कपडा समेत नभएर नारकीय जीवनयापन गर्नु परिरहेको छ।

श्रीमान पदमराजीको मृत्यु भैसकेपछि वेसहारा अवस्थामा एक जना छोरा पालेर कष्टकर जीवन व्यतित गर्दै आईरहनु भएकी सुन्दरी राजी यति बेला साँझ खाए विहान के खाउँ भन्ने समस्याले ग्रसित हुनु भएको छ।छोरा सानै अवस्थामा भएपनि सानो तिनो काममा पठाएर त्यसबाट प्राप्त खर्चले जीवनको जोहो चलाउँदै आएको भएपनि बन्दा बन्दीका कारण कामकाज ठप्प भएपनि विपन्न अनि वेसहारा सुन्दरीको घरमा चुल्हो समेत बलेको छैन।

शुक्रबार राहत स्वरुप चामल,तेल,नुन पाएपछि हर्षका आँशु झार्दै सुन्दरीले भन्नु भयो:अव बल्ल खान पाईने भो।एक साँझ खाए विहान भोकै बस्नुपर्ने बाध्यता र नियतीनै भैसकेको बताउनु हुने सुन्दरी भन्नु हुन्छ हाम्रो लागी सरकार कता छ थाहा छैन।

मनेहरा शिविरका अति विपन्न ७ जना परिवारका लागि वितरण गरिएको राहतले उनिहरुको घरको चुलो बल्नमा योगदान दिने दयालु मन भएकाहरुप्रति शिविरका अध्यक्ष ठाँडा रानाले धन्यवाद दिनु भयो।

सो वस्तीमा रहेका अति विपन्न सात जना परिवारका लागि विगत ४ बर्ष देखि निरन्तर रुपले विभिन्न अवसरमा राहत सहयोग गर्दै आउनु भएका युगअस्त्र दैनिकका प्रकाशक वीरेन्द्र रावलले शुक्रवार सो राहत वितरण गर्नु भएको छ। अमेरिकामा बस्दै आउनु भएका व्यवसायी कृष्ण आचार्य,भरत भुल र बर्दियाको कोहलपुरमा बस्नुहुने प्रशान्त आचार्यको आर्थिक सहयोगमा उक्त राहत वितरण गरिएको कुरा प्रकाशक वीरेन्द्र बहादुर रावलले जानकारी दिनु भएको छ । यस संगै कैलालीको मोहन्याल र धनगढीगरी ७० जना विपन्न परिवारलाई राहत वितरण गरिएको जानकारी दिनु भएको छ।राहत पाएका अति विपन्न,अशक्त गरिव परिवारहरुले दाता कृष्ण आचार्य बन्धुलाई धन्यवाद समेत दिनु भएको छ।

 

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया