जर्ज फ्लोयडका हत्याका दोषी पूर्व प्रहरीलाई डेरेक शविनलाई आज कैद सजाय सुनाइने
जर्ज फ्लोयडका हत्याका दोषी पूर्व प्रहरीलाई डेरेक शविनलाई आज कैद सजाय सुनाइने भएको छ । उनलाई आज जुन २५ ,शुक्रवारका दिन लामो समय सम्मको लागि सजाय सुनाइने समाचार सिएनएनले लेखेको छ ।
सन् २०२० को मे २५ का दिन उनलाई ९ मिनेट २९ सेकेण्ड सम्म दुवै हात बाधेर घुंडाले घाटी थिचेका थिए । उनको त्यो ज्यादतीको प्रत्यक्षदर्शीहरुले श्रब्य दृश्य खिच्नुको साथै अदालतमा बयान दिएका थिए ।
४५ बर्षिय शविनलाई गत अप्रिल महिनामा दोषी ठहर गरिएको थियो । उनलाई दोश्रो दर्जाको हत्या,तेश्रो दर्जाको हत्या र दोश्रो दर्जाको मानव हत्यामा संलग्न भएको अभियोग लगाईएको थियो । उनलाई वादीहरुले ३० बर्ष कैद सजाय हुनु पर्छ भनि अनुरोध गरेका छन् ।
शविनले अदालतलाई आफ्नो पृष्ठभूमि, आपराधिक इतिहासको कमी ,अनुसन्धानको लागि उनका सहजता, यस मुद्दाको असामान्य तथ्यहरू र छिन्न-भिन्न प्रणाली हेर्न ” आग्रह गरेको नेल्सनले अदालतमा एउटा दाखिला गरेको कागजातमा लेखिएको छ ।
उनले घाटी थिचे पछि ४६ बर्षिय अस्वेत व्यक्ति जर्ज फ्लोयडको निधन भएको थियो । स्व फ्लोयडले पटक पटक म स्वास फेर्न सक्दिन भनि रहेका थिए ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया