मेरिल्याण्डको एक बिशाल बजारमा गोलीबारी हुँदा १ जनाको मृत्यु ,दुई जना घाइते
इनेप्लिज
२०७८ असार ११ गते १०:४१ मा प्रकाशित
मेरिल्याण्डको एक बिशाल बजार(मल)मा गोलीबारी हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
उक्त घटना वासिंगटन डिसी बाहिरको एक बिशाल बजारमा भएको प्रहरीले जनाएका छन् ।
उक्त घटना जुन २४ बिहिबार राती घटेको हो । मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको एक सानो शहर ग्लेनारडेन स्थित वुडमोर टाउन सेन्टरको बिशाल बजारमा भएको एबिसी न्युजले समाचार प्रकाशित गरेको छ ।
उक्त शहर वाशिंगटन डिसी भन्दा ११ माइल पूर्वमा रहेको छ ।
ग्लेनारडेन प्रहरी विभागका अनुसार ३ जनालाई गोली हानिएकोमा १ जनाको मृत्यु र २ जना घाईते भएको निश्चित गरेका छन् । उक्त घटनाको अनुसन्धान तथा जाँच प्रहरी लगायत विभिन्न संस्थाले गरि रहेको प्रहरीले बताएका छन् ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया