गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्,अमेरिकाको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ असार ११ गते १०:१६ मा प्रकाशित

आसन्न गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय सम्मेलनमा अमेरिकावाट प्रतिनिधित्व गर्ने कुल प्रतिनिधि संख्या मध्येको २५ प्रतिशत प्रतिनिधि छान्ने सम्बन्धमा टुंगो लगाउन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संघका सदस्यता छानविन समितिका संयोजक समेत रहनुभएका डा. राजन पन्तको संयोजकत्वमा ३ सदस्यीय डेलिगेट्स समिति बनाएको छ।

संघ कार्यसमितिले विधान वमोजिम २५ प्रतिशत प्रतिनिधिको टुंगो लगाउनका निम्ति बनाएको समितिको सदस्यमा अमेरिकावाट आइसिसीमा प्रतिनिधित्व गर्नुहुने आइसिसी सदस्य शंकर खड्का र गैर आवासीय नेपाली संघ, अमेरिका क्षेत्रीय संयोजक विकास उप्रेती सदस्यको रहनुभएको छ।समितिले अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुने कुल प्रतिनिधि मध्येको २५ प्रतिशत प्रतिनिधि प्रक्रिया वमोजिम टुंगो लगाउने छ।समितिले राष्ट्रिय समन्वय परिषद् र अन्तराष्ट्रिय समन्वय परिषद्को विधानमा टेकेर प्रक्रिया अघि बढाउनेछ।

अन्तराष्ट्रिय समन्वय परिषद्को विधानले ६५ प्रतिशत प्रतिनिधिको छनौट अन्तराष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्मा काम गर्नुभएका अभियन्ताहरुवाट छनौट गर्नुपर्ने,२५ प्रतिशतको निर्वाचन गर्नुपर्ने र बाकी १० प्रतिशत राष्ट्रिय समन्वय परिषद्का अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया