डिल्ली फोम्बोको लिम्बु भाषाको गीत ” फुङ्गवा साम्लो ” सार्वजनिक
धरान / गायक डिल्ली फोम्बोले लिम्बु भाषाको ” फुङ्गवा साम्लो ” बोलको गीत सार्वजनिक गरेका छन्। दिल सिंह मेयांग्बो (मेनिनम्यांग ) को रचनामा गायक फोम्बोकै संगीतमा तयार भएको गीतमा लिम्बु समुदायको मुन्धुममा बर्णन गरिए अनुरुप बिभिन्न फुलहरुलाई मानब जीवनका बिभिन्न पक्षहरु सँग प्रतिकको रुपमा बर्णन गरिएको छ।
मुन्धुममा बर्णन गरिए अनुसार सिल्लरी (धनियाँ ) फुल मानब चोलाको प्रतीकात्मक फुल हो भने बाबरी फुललाई अनिस्त्ठ प्रेतात्माको फुलको रुपमा लिइन्छ।त्यसै गरी पट्पटे फुललाई तन्नेरीहरुको प्रतिक फुलको रुपमा लिइन्छ।मुन्धुममा यस्तै अन्य अनेकौं फुलहरुलाई बेग्लाबेग्लै प्रतीकको रुपमा बर्णन गरिएको हुन्छ। तर सबैलाई छोटो गीतमा समेट्न असम्भव भएको कारण केहि मुख्य फूलहरुको मात्र यो गीतमा बर्णन गरिएको गायक डिल्ली फोम्बो बताउंछन्।
अपार रेकर्ड्समा रेकर्ड गरिएको गीत सम – समीरको संगीत संयोजनमा तयार भएको हो भने एडम लिम्बुले भिडियो सम्पादन गरेका छन्।भविष्यमा पनि आफ्नो भाषा संस्कृतिको गीतहरु निकाल्दै जाने गायक गायक डिल्ली फोम्बो बताउंछन्।
भिडियो लिङ्क :
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया