बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:१९
वासिङटन डिसी 08:34

अमेरिकी सभामुख पेलोसीले जनवरी ६ को आक्रमणको छानबिन गर्ने समितिको घोषणा

इनेप्लिज २०७८ असार ११ गते १:१४ मा प्रकाशित

अमेरिकी सभामुख न्यान्सी पेलोसीले जनवरी ६ मा सदनमा भएको आक्रमणको छानबिन गर्ने समितिको घोषणा गरेकी छिन ।

यो भन्दा पहिले द्विपक्षीय रुपमा छानबिन गर्ने भनि रिपब्लिकनलाई समेत विश्वास लिने उद्धेश्यले गरेको प्रयासमा साथ नपाए पछि डेमोक्र्याटिक दलको तर्फ बाट मात्र छानबिन गर्ने उनले घोषणा गरेकी छिन ।

उनले २ दिन अगाडी मात्र आफ्ना साथीहरुसंग कुरा गरेको दुई दिन पछि अमेरिकी सदनमा भएको आक्रमणलाई पुन: छानबिन गर्ने घोषणा गरेकी हुन् ।

“आज बिहान अत्यन्तै गम्भीरता र दु: ख सहित मैले घोषणा गरिरहेको छु कि सदनले जनवरी ६ को विद्रोहको लागि एउटा चयन समिति गठन गर्ने छ,” पेलोसीले आफ्नो साप्ताहिक समाचार सम्मेलनमा घोषणा गरेकी हुन् भनि एबिसिन्यूजले समाचार लेखेको छ ।

सभामुख पेलोसीले बिहीबार घोषणा गर्दै प्रतिनिधिसभाले संयुक्त राज्य अमेरिकाको क्यापिटल( सदन)मा ६ जनवरीको आक्रमणको छानबिन गर्न एक छनोट समिति गठन गर्ने बताइन ।

“हाम्रो लोकतन्त्रको मन्दिरलाई विद्रोहीहरूले आक्रमण गरेका थिए,” उनले भनिन्। “यो अपरिहार्यता भएको छ कि हामीले सत्य खोज्नु नितान्त आवश्यक छ।”

उनले भनिन्, “मनोनित समिति हाम्रो लोकतन्त्रको बारेमा छ र यो सुनिश्चित गर्न कि क्यापिटल गुम्बज(सांसद भवन दरवार )स्वतन्त्रताको प्रतीक नै रहन्छ।”

सिनेट रिपब्लिकनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूद्वारा गरिएको आक्रमणको छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्ने बिषयमा रोके पछि नयाँ समिति आउने भएको हो ।

पेलोसीले यस महिनाको सुरुमा भनेकी थिइन् तल्लो सदनले छानबिन अघि बढाउने छ जसमा हिंस्रक भीड भवन भित्र पसे र जो बाइडेनको निर्वाचकीय मत ( इलेक्टोरल कलेज ) जीतको प्रमाणपत्रलाई रोक्न खोज्ने र सांसदहरूको खोजी गरेको भनेकी थिइन् ।

सेप्टेम्बर ११ मा आतंकवादी हमलाको छानबिन गर्ने त्यस्तै समिति गठन भएको थियो । “जनवरी ६ हाम्रो राष्ट्रको इतिहासको सबैभन्दा अन्धकार दिनहरू मध्ये एक थियो … यो आवश्यक छ कि हामीले त्यस दिनको सत्यतालाई स्थापित गर्‍यौं, र सुनिश्चित गर्नुपर्दछ कि त्यस प्रकारको आक्रमण हुन सक्दैन र हामीले ती सबै कारणहरूलाई जड बाट नष्ट गर्न सक्छौं।”

“चयन समितिले तथ्य र आक्रमणका कारणहरुबारे छानबिन गरी प्रतिवेदन दिनेछ र यसले भविष्यमा हुने कुनै पनि हमलाको रोकथामका लागि सिफारिस सिफारिस गर्ने छ,” पेलोसीले भनिन ।

 

प्रतिक्रिया