बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:१६
वासिङटन डिसी 08:31

फ्लोरिडामा १२ तले भवन भत्किदा ३ जनाको मृत्यु ,९९ जना बेपत्ता

इनेप्लिज २०७८ असार १० गते २३:२१ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको मायामी शहर नजिक रहेको एक १२ तले भवन आंशिक रुपमा भत्किए पछि ३ जनाको मृत्यु र ९९ जना हराई रहेका रहेको समाचार एबीसीन्यूजले प्रकाशित गरेको छ ।

उक्त भवन भत्किए पछि बिशाल आकस्मिक सेवा तैनाथ र उद्धार कार्यमा अझ पनि जुटी रहेका छन् भने जुन २४ का दिन बिहान बिहिबार उक्त भवन खसेको हो ।

उक्त घटना फ्लोरिडाको मायामी सर्फसाइड भन्ने शहरमा भएको हो । उक्त घटना हुने बित्तिकै मायामी डेड अग्नि उद्दार टोली त्यहाँ पुगेको सामाजिक संजाल मार्फत जानकारी गराएका थिए ।

उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामै समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ ।

उक्त भवनमा थुप्रै मानिसहरु बसोबास गर्छन । उक्त क्षेत्रमा सडक बन्द गरिएको थियो भने अग्नि नियन्त्रण टोलि ,बिरामी बाहक सवारी साधन र प्रहरीका सवारी साधनहरु त्यहाँ पुगेका थिए ।

अहिल सम्म ३५ जनाको उद्धार गरि सकिएको छ भने उनीहरु त्यहाँ फसेका थिए । अन्य २ जना आंशिक रुपमा भवन खसे पछि त्यसका ढुंगा/इँटाका टुक्रा तथा भग्नावशेषहरुमा पुरिएका थिए ।

उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको डब्लुविटिभी डटकमले जनाएको छ । दुई शयन कक्ष भएको उक्त एक ईकाई(युनिट)को बजार मुल्य ६ देखि ७ लाख डलर मुल्य पर्दछ ।

प्रतिक्रिया