पोखरामा जमिन फाट्यो, घरहरु चिरिए,भुकम्प जस्तै जमिन हल्लियो (भिडियो सहित)

इनेप्लिज २०७८ असार १० गते २१:४२ मा प्रकाशित

 

सेति नदी किनारमा रहेको पोखरा १५ रामबजारको जमिन भासिएपछि स्थानीयहरु डरमा बाँच्न बाध्य छन्।पाानी परेको बेला घर नै छोडेर जानु पर्ने अवस्था आउने उनीहरुले बताए।पछिल्लो समय परेका पानीका कारण खानेपानीको पाईप समेत बगाएपछि पानीखाने सुबिधबाट समेत उनीहरु बञ्चित छन् । तल सेती नदि सुसाउँदै बग्छ माथीबाट घर सहित कतिबेला खस्ने हो पत्तो छैन।यो समस्या पहिले देखि कै हो।सरकारलाई भन्दा माटो ल्याएर पुरिदिन्छ हिउदमा थाहा हुँदैन अनि पानी पर्न थालेपछि समस्या उही हुन्छ स्थानीयहरु भन्दै थिए।

हेर्नुहोस् स्थलगत रिपोर्ट

प्रतिक्रिया